उत्पादनमा आधारित अनुदानले बेनीका किसान उत्साही « Khabarhub

उत्पादनमा आधारित अनुदानले बेनीका किसान उत्साही


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले उत्पादनमा आधारित अनुदान दिन थालेपछि किसानहरू उत्साहित भएका छन् । 

गाईभैँसी र बाख्रापालकलाई दिँदै आएको ‘उत्पादनका आधारमा प्रोत्साहन’ कार्यक्रम प्रभावकारी बनेपछि यो वर्षदेखि सागसब्जी खेती गर्ने किसानलाई पनि उपलब्ध गराउन बजेट विनियोजन गरेको छ । 

मासु, दूध र तरकारीमा उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउन कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिएको नगर प्रमुख सुरत केसीले बताए । 

“किसानलाई व्यावसायिक बनाउन र उत्पादन बढाउन उत्पादन गरेपछि नगद प्रोत्साहन पाउने नीति सफल भएको छ’, उनले भने, “बजेट बढाएर साना किसानलाई पनि समेट्ने गरी कार्यविधि बनाएका छौँ ।’

चालु आव २०८२/८३ मा उत्पादनमा आधारित अनुदानका लागि दूधमा रु १५ लाख, साज सब्जीमा रु १० लाख र मासुमा रु सात लाख ५० हजार बजेट विनियोजन गरेको नगरपालिकाले आवेदन सङ्कलन गरेर लाभग्राही छनोटको प्रक्रियाअघि बढाएको छ । 

आव २०८१/८२ मा १८ जना गाईभैँसीपालक कृषकले रु १० हजारदेखि ४५ हजारसम्म गरी कूल रु पाँच लाख ५० हजार र २८ जना बाख्रापालकले रु सात लाख ५० हजार अनुदान पाएका नगरपालिकाका पशु चिकित्सक आशिष सापकोटाले बताए ।

आव २०८०/८१ मा ३२ जना बाख्रापालक कृषकले रु छ लाख ४४ हजार ९८० र १८ जना दुग्ध उत्पादक कृषकले रु पाँच लाख अनुदान पाएका थिए । 

बेनी नगरपालिका–७ कुरिलाखर्कका भैँसीपालक कृषक सुरेश ढुङ्गानाले उत्पादनमा आधारित अनुदानले किसानलाई प्रोत्साहन मिलेको, उत्साहित बनाएको र व्यवहारिक भएको बताए । 

बेनी नगरपालिकाले उत्पादनका आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८० बनाएको छ । कार्यविधिअनुसार कम्तीमा आठ वटा माउबाख्रा र तीन वटा दूध दिने गाईभैँसी पालेका किसानले अनुदान पाउँछन् । किसानले पालेका पशुको सङ्ख्याको आधारमा वर्गीकरण गरेर अनुदान पाउने व्यवस्था मिलाइएको छ । 

पशुपालक कृषकलाई व्यावसायिक बनाउन र टिकाउन कार्यक्रमले सहयोग पुगेको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताइन् । कृषि क्षेत्रलाई जोड दिएको बेनी नगरपालिका–४ सिंगामा चिस्यान गृह सञ्चालन गरेको छ । वडा नम्बर –८ कालीपुलमा कृषि बजार सञ्चालन गर्न भवन निर्माणाधीन छ । रासस

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  १२ : ०७ बजे

घरबारविहीनको जिम्मा सरकारले लिन्छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घरबारविहीन नागरिकको

अदालतको फैसलाले फिल्म रोकिएपछि कलाकारको असन्तुष्टि– सेन्सरबोर्डको औचित्य सकिएको हो ?

काठमाडौं – तीन दिनपछि रिलिज र प्रिमियरको तयारीमा रहेको फिल्म

‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना : १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकामा निर्माणाधीन ‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना निर्माण

सरकारी प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर, मुख्य आरोपी गौली पक्राउ, हालसम्म १३ जना हिरासतमा

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सार्वजनिक खरिद अनुगमन

सरकारले थप तीनवटा अध्यादेश शीतल निवास पठायो

काठमाडौं- बालेन शाह नेतृत्वको सरकारले थप तीनवटा अध्यादेश राष्ट्रपति रामचन्द्र