सदरमुकाममा ‘उज्यालो दशरथचन्द’ कार्यक्रम « Khabarhub

सदरमुकाममा ‘उज्यालो दशरथचन्द’ कार्यक्रम


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– जिल्ला सदरमुकाममा रहेको दशरथचन्द नगरपालिकामा ‘उज्यालो दशरथचन्द’ कार्यक्रम सञ्चालन गरिएको छ ।  

सदरमुकाममा रहेका मुख्य बजारहरू गोठलापानी, गढी र शाहीलेकमा बल्ब जडान गरेर कार्यक्रमको शुभारम्भ गरिएको दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजबहादुर विष्टले जानकारी दिए।

नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रको प्राविधिक र नगरपालिकाको आर्थिक सहयोगमा सदरमुकामका बजारहरूमा ७२ वटा बल्ब जडान गरिएको छ । नगर प्रमुख पुष्करराज जोशी लख्खाभाइले विद्युत् प्राधिकरणमा राखिएको ‘स्वीच अन’ गरी कार्यक्रमको शुभारम्भ गरे । 

दशरथचन्द नगरपालिकाको नीति कार्यक्रमअनुसार यो कार्यक्रम सुरु गरिएको जनाएको छ । नगरक्षेत्रका सार्वजनिक स्थान र मन्दिरमा बत्ती बाल्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो । ‘उज्यालो दशरथचन्द’ कार्यक्रमका लागि गत आर्थिक वर्ष २०८१-८२ मा नौ लाख ९९ हजार ७३५ बजेट राखिएको थियो । गत असारमा जडान गरिएका बल्बहरू जडान गरिएका थिए । 

यो कार्यक्रमका लागि चालु आवमा १० लाख बजेट विनियोजन गरिएको छ । चालु आवमा नगरपालिका देहीमाण्डौँ, मुस्याचौर, झुलाघाटलगायतका बजार र सार्वजनिक स्थानमा बत्ती बाल्ने योजना रहेको नगर प्रमुख जोशीले बताए । 

उज्यालो दशरथचन्द कार्यक्रमले नगरपालिकाभित्रका सबै सार्वजनिक स्थानलाई समेट्ने बताइएको छ । विद्युत् लाइन रहेको ठाउँमा राष्ट्रिय प्रसारण लाइन र नपुगेका सार्वजनिक स्थानमा सौर्य बत्ती जडान गरिने नगर प्रमुख जोशीले बताए।

‘उज्यालो दशरथचन्द’ अभियानले बजार तथा सार्वजनिक स्थानको सुन्दरता एवं सुरक्षामा पनि सहयोग पुग्ने नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  १२ : १४ बजे

घरबारविहीनको जिम्मा सरकारले लिन्छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घरबारविहीन नागरिकको

अदालतको फैसलाले फिल्म रोकिएपछि कलाकारको असन्तुष्टि– सेन्सरबोर्डको औचित्य सकिएको हो ?

काठमाडौं – तीन दिनपछि रिलिज र प्रिमियरको तयारीमा रहेको फिल्म

‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना : १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकामा निर्माणाधीन ‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना निर्माण

सरकारी प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर, मुख्य आरोपी गौली पक्राउ, हालसम्म १३ जना हिरासतमा

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सार्वजनिक खरिद अनुगमन

सरकारले थप तीनवटा अध्यादेश शीतल निवास पठायो

काठमाडौं- बालेन शाह नेतृत्वको सरकारले थप तीनवटा अध्यादेश राष्ट्रपति रामचन्द्र