बङ्गलादेशद्वारा पाकिस्तानलाई सन् १९७१ को नरसंहारबारे माफी माग्न आग्रह « Khabarhub

बङ्गलादेशद्वारा पाकिस्तानलाई सन् १९७१ को नरसंहारबारे माफी माग्न आग्रह


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

ढाका– बङ्गलादेशले पाकिस्तानलाई सन् १९७१ को नरसंहारका लागि आधिकारिक माफी माग्न आग्रह गरेको छ । 

बङ्गलादेशका विदेश मामिला सल्लाहकार मोहम्मद तौहिद हुसेनले आइतबार ढाकामा भएको द्विपक्षीय बैठकमा पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारसँग यो विषय उठाएका थिए ।

‘सन् १९७१ मा पाकिस्तानले गरेको नरसंहारबारे औपचारिक र आधिकारिक माफी माग्नु, सम्पत्तिको विभाजन, सन् १९७० को चक्रवात पीडितका लागि विदेशी सहायता हस्तान्तरण, फसेका पाकिस्तानीहरूको स्वदेश फिर्ती जस्ता लामो समयदेखि बाँकी रहेका ऐतिहासिक विषयहरूलाई समाधान गर्नु बङ्गलादेश–पाकिस्तान सम्बन्धलाई स्थायी र अग्रगामी बनाउन आवश्यक ठोस आधार हो’, बैठकपछि जारी विज्ञप्तिमा बङ्गलादेशको विदेश मन्त्रालयले उल्लेख गरेको छ ।

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दार आफ्ना बङ्गलादेशी समकक्षीको निमन्त्रणामा अगस्ट २३ देखि २४ सम्म बङ्गलादेशको दुई दिने आधिकारिक भ्रमणमा थिए। भ्रमणका क्रममा दिउँसो उनले बङ्गलादेशका प्रमुख सल्लाहकार मुहम्मद युनुससँग भेट गरेका थिए ।

सो अवसरमा बङ्गलादेश र पाकिस्तानबीच एउटा द्विपक्षीय सम्झौता तथा पाँचवटा समझदारीपत्र (एमओयु) मा हस्ताक्षर गरिएको छ । आइतबार दिउँसो ढाकामा भएको हस्ताक्षर समारोहमा बङ्गलादेशका विदेश मामिला सल्लाहकार मोहम्मद तौहिद हुसेन र पाकिस्तानका विदेशमन्त्री इशाक दार उपस्थित थिए।

सम्झौतामा दुवै देशका सरकारी र कूटनीतिक पासपोर्ट वाहकका लागि भिसा छुटको व्यवस्था गरिएको छ । साथै, दुवै देशबीच व्यापारसम्बन्धी संयुक्त कार्य समूहको गठन, सांस्कृतिक आदानप्रदान, विदेश सेवा एकेडेमीबीच सहकार्य, राज्य सञ्चालित समाचार एजेन्सीहरूबीच सहकार्य, बङ्गलादेश इन्स्टिच्युट अफ इन्टरनेसनल एन्ड स्ट्रेटेजिक स्टडिज र पाकिस्तान इन्स्टिच्युट अफ स्ट्रेटेजिक स्टडिज इस्लामाबाद बीच सहकार्य गर्ने विषयमा पनि समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

यसअघि, पाकिस्तानका वाणिज्यमन्त्री जाम कमल खान र बङ्गलादेशका वाणिज्य सल्लाहकार एस.के। बशीर उद्दीनबीच बिहीबार ढाकामा आर्थिक सहयोग, आपसी लगानी प्रवर्द्धन तथा द्विपक्षीय व्यापार सम्बन्ध सुदृढीकरणबारे गहन छलफल भएको थियो । 

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  १२ : २१ बजे

पौवादुङमामा २१ फर्मलाई ६० लाख सहयोग

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्दै किसान लक्षित

धुलिखेल–खावा सडकखण्डमा सवारी सञ्चालनमा कडाइ

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गतको धुलिखेल–खावा सडक खण्डमा भइरहेको सडक निर्माण

एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा (एमाले) को संसदीय दल र सचिवालय बैठक आज

भलमन्सालाई संरक्षण गर्दै धनगढी उपमहानगरपालिका

गोदावरी– धनगढी उपमहानगरपालिकाले ‘थारू समुदायको भलमन्सा प्रथा संरक्षण तथा विकास

रास्वपा महाधिवेशन : प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र प्रयोजनका लागि