वीरगञ्जको नारायणी अस्पतालमा हैजा नियन्त्रणसम्बन्धी बैठक बस्दै « Khabarhub

वीरगञ्जको नारायणी अस्पतालमा हैजा नियन्त्रणसम्बन्धी बैठक बस्दै


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल हैजाको सङ्क्रमण फैलिएको वीरगञ्जको नारायणी अस्पतालमा बहुपक्षीय बैठक गर्ने भएका छन् । सचिवालयका अनुसार उनी सोमबार दिउँसो साढे १ बजे अस्पतालमा बहुपक्षीय बैठक गर्न लागेका हुन् । 

वीरगञ्ज महानगरपालिकामा जनस्वास्थ्य स्थितिको अनुगमनसँगै द्रुत स्वास्थ्य प्रतिकार्यका लागि थप जनशक्ति परिचालनसम्बन्धी कार्यका लागि मन्त्री पौडेलले बैठक डाकेको सचिवालयले जनाएको छ । 

वीरगञ्ज महानगर क्षेत्रमा समुदायस्तरमा नै हैजाको सङ्क्रमण फैलिएको छ । तर, अहिलेसम्म हैजाको स्रोत भने पत्ता लाग्न सकेको छैन । गत शुक्रबारदेखि वीरगञ्जका विभिन्न वडामा हैजाका सङ्क्रमित बिरामी भेटिँदै आइरहेका छन् ।

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगञ्जमा ७९ जना हैजाका सङ्क्रमित बिरामी फेला पारेको जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  १२ : ४१ बजे

चितवनमा सङ्कलित शव समाधिस्थ गरिने

चितवन– रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका शव

भोटेकोशी बाढी : जलविद्युत सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन

काठमाडौँ– सुनकोशी बाढीपछि त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका