एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्माको उम्मेदवारी घोषणा  | Khabarhub Khabarhub

एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्माको उम्मेदवारी घोषणा 


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

लन्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले संघको १२ औं महाधिवेशनमा केन्द्रीय अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै डा. शर्माले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन् । करिब २० वर्षदेखि एनआरएनमा रहेका शर्माले संघ नयाँ परिस्थिति र निर्णायक मोडमा उभिएको भन्दै एनआरएनएलाई अझ सान्दर्भिक, प्रभावकारी र सबैलाई समेट्ने बनाउन आफ्नो उम्मेद्वारी रहेको बताए ।
 
उनले महासचिव, उपाध्यक्ष, प्रवक्ता, संयोजक, पहिलो र दोस्रो विश्व ज्ञान सम्मेलनको संयोजक, संविधान संशोधन सल्लाहकार समितिको संयोजक लगायत विभिन्न भूमिका र जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । साथै, अब अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) को अध्यक्षको लागि पनि उम्मेद्वारी दिने तयारीमा रहेको उनले जानकारी दिए ।

उनले भने, ‘केन्द्रीय नेतृत्वबीच विभाजन हुँदा सम्पूर्ण नेपाली डायस्पोरा पनि विभाजनको अवस्थामा पुगेको छ । नागरिकतासहितका एनआरएनएका महत्वपूर्ण मुद्दाहरू ओझेलमा परेका छन् । यसले संघको अस्तित्व नै संकटमा पर्छ । त्यसकारण एनआरएनएलाई विश्वव्यापी, समावेशी, निष्ठावान् र गतिशील बनाउन स्पष्ट रोडम्यापसहित आएको छु र छिटै घोषणापत्र प्रस्तुत गर्नेछु ।’ 

विश्वभर ८० हजारभन्दा बढी सदस्य भएको एनआरएनएले ५८ वटा राष्ट्रिय समन्वय परिषद्को निर्वाचन गरिसकेको छ । साथै, २०२५ अक्टोवरमा काठमाडौंमा हुने १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनका लागि ४ हजार ७०० बढी प्रतिनिधिको आवेदन परेको छ । 

डा। शर्माले एकीकृत, समावेशी, प्रविधिमैत्री, नतिजामुखी, दिगो, सबल, जवाफदेही, पारदर्शी र बहुआयामिक एनआरएनए निर्माणमा केन्द्रित हुने बताए ।

उनले भने,  ‘निर्वाचित भएपछि नेपालका लागि डायस्पोराका नेपालीहरूको सीप, ज्ञान, नवपरवर्तन र आर्थिक लगानी भित्र्याउने वातावरण तयार पार्नेछु । त्यसैगरी वैदेशिक रोजगार सुनिश्चित गर्न नेपाल सरकार र अन्तर्राष्ट्रिय संस्थासँग साझेदारी गर्ने विषय प्राथमिकतामा राखेर काम गर्छु ।’ 

‘संघलाई आर्थिक, राजनीतिक र अन्य बाह्य नकारात्मक प्रभावबाट जोगाई अन्तर्राष्ट्रिय समन्वय परिषद्को नेतृत्व चयनमा सदस्यहरूको प्रत्यक्ष मतदानबाट गर्ने व्यवस्था गर्नेछु, उनले भने । 

नेपाल सरकारको सहकार्यमा पहिलो र दोस्रो एनआरएनए विश्व ज्ञान सम्मेलनका संयोजक बनेर उनले विश्वई नेपालसँग जोड्न योगदान पुर्‍याएका छन् । बागलुङमा जन्मिएका डा. शर्मा बेलायतको युनिभर्सिटी अफ लिभरपुलमा सिनियर लेक्चररका रुपमा कार्यरत छन् । 

सन् १९९७ मा भौतिकशास्त्रतर्फ त्रिभुवन विश्वविद्यालयका गोल्ड मेडलिष्ट हुन् । फ्रि युनिभर्सिटी बर्लिनबाट  भौतिक शास्त्रमा पिएचडी सकेपछि उनी पोस्ट डक्टरल फेलोसिपको लागि जापान पुगे । त्यसपछि जापान सरकारकै मातहतमा राष्ट्रिय प्रयोगशालामा वरिष्ठ अनुसन्धानकर्ताको रूपमा काम गरेको अनुभव छ ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  १२ : ४४ बजे

सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं– यातायात विभाग मीनभवनस्थित सडकखण्ड नयाँबानेश्वरमा जिप र मोटरसाइकल ठोक्किँदा

प्रतिनिधिसभा पुनर्स्थापना गर्नेबारे सभामुखको छलफल

काठमाडौं – सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा प्रमुख दलसँग

किसानलाई धान काट्ने चटारो

दाङ – लमही नगरपालिका–३ की ४२ वर्षीया सीता चौधरी सोमबार

ट्रफी जित्न ओमानलाई हराउनै पर्छ : कप्तान रोहित पौडेल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले विश्वकप

जेनजी आन्दोलनमा सहभागी थुक्तेन एक महिनादेखि बेपत्ता

हुम्ला – नाम्खा गाउँपालिका–३ खगालगाउँका थुक्तेन पाल्वर लामा एक महिनादेखि