एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्माको उम्मेदवारी घोषणा  « Khabarhub

एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्माको उम्मेदवारी घोषणा 


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

लन्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले संघको १२ औं महाधिवेशनमा केन्द्रीय अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै डा. शर्माले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन् । करिब २० वर्षदेखि एनआरएनमा रहेका शर्माले संघ नयाँ परिस्थिति र निर्णायक मोडमा उभिएको भन्दै एनआरएनएलाई अझ सान्दर्भिक, प्रभावकारी र सबैलाई समेट्ने बनाउन आफ्नो उम्मेद्वारी रहेको बताए ।
 
उनले महासचिव, उपाध्यक्ष, प्रवक्ता, संयोजक, पहिलो र दोस्रो विश्व ज्ञान सम्मेलनको संयोजक, संविधान संशोधन सल्लाहकार समितिको संयोजक लगायत विभिन्न भूमिका र जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । साथै, अब अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) को अध्यक्षको लागि पनि उम्मेद्वारी दिने तयारीमा रहेको उनले जानकारी दिए ।

उनले भने, ‘केन्द्रीय नेतृत्वबीच विभाजन हुँदा सम्पूर्ण नेपाली डायस्पोरा पनि विभाजनको अवस्थामा पुगेको छ । नागरिकतासहितका एनआरएनएका महत्वपूर्ण मुद्दाहरू ओझेलमा परेका छन् । यसले संघको अस्तित्व नै संकटमा पर्छ । त्यसकारण एनआरएनएलाई विश्वव्यापी, समावेशी, निष्ठावान् र गतिशील बनाउन स्पष्ट रोडम्यापसहित आएको छु र छिटै घोषणापत्र प्रस्तुत गर्नेछु ।’ 

विश्वभर ८० हजारभन्दा बढी सदस्य भएको एनआरएनएले ५८ वटा राष्ट्रिय समन्वय परिषद्को निर्वाचन गरिसकेको छ । साथै, २०२५ अक्टोवरमा काठमाडौंमा हुने १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनका लागि ४ हजार ७०० बढी प्रतिनिधिको आवेदन परेको छ । 

डा। शर्माले एकीकृत, समावेशी, प्रविधिमैत्री, नतिजामुखी, दिगो, सबल, जवाफदेही, पारदर्शी र बहुआयामिक एनआरएनए निर्माणमा केन्द्रित हुने बताए ।

उनले भने,  ‘निर्वाचित भएपछि नेपालका लागि डायस्पोराका नेपालीहरूको सीप, ज्ञान, नवपरवर्तन र आर्थिक लगानी भित्र्याउने वातावरण तयार पार्नेछु । त्यसैगरी वैदेशिक रोजगार सुनिश्चित गर्न नेपाल सरकार र अन्तर्राष्ट्रिय संस्थासँग साझेदारी गर्ने विषय प्राथमिकतामा राखेर काम गर्छु ।’ 

‘संघलाई आर्थिक, राजनीतिक र अन्य बाह्य नकारात्मक प्रभावबाट जोगाई अन्तर्राष्ट्रिय समन्वय परिषद्को नेतृत्व चयनमा सदस्यहरूको प्रत्यक्ष मतदानबाट गर्ने व्यवस्था गर्नेछु, उनले भने । 

नेपाल सरकारको सहकार्यमा पहिलो र दोस्रो एनआरएनए विश्व ज्ञान सम्मेलनका संयोजक बनेर उनले विश्वई नेपालसँग जोड्न योगदान पुर्‍याएका छन् । बागलुङमा जन्मिएका डा. शर्मा बेलायतको युनिभर्सिटी अफ लिभरपुलमा सिनियर लेक्चररका रुपमा कार्यरत छन् । 

सन् १९९७ मा भौतिकशास्त्रतर्फ त्रिभुवन विश्वविद्यालयका गोल्ड मेडलिष्ट हुन् । फ्रि युनिभर्सिटी बर्लिनबाट  भौतिक शास्त्रमा पिएचडी सकेपछि उनी पोस्ट डक्टरल फेलोसिपको लागि जापान पुगे । त्यसपछि जापान सरकारकै मातहतमा राष्ट्रिय प्रयोगशालामा वरिष्ठ अनुसन्धानकर्ताको रूपमा काम गरेको अनुभव छ ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  १२ : ४४ बजे

बाख्रा चराउन गएका एक व्यक्तिको ढुङ्गाले लागेर मृत्यु

सुर्खेत– जाजरकोटको चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको ढुङ्गाले लागेर मृत्यु

विश्वकपमा आज भारत र पाकिस्तानको रोचक भिडन्त

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आइतबार भारत र

चार दशकदेखि हलुवा–पराठाको स्वाद चखाउँदै अरमान

बाँके– नेपालगन्ज उपमहानगरपालिका–१० चौलिकाचोकमा हलुवा–पराठाको स्वाद लिन बिहान झिसमिसेमै मानिसको

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

रौतहट– रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै मोटरसाइकल

निरन्तर निर्वाचन क्षेत्रमा केन्द्रित ओली, आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफ्नै निर्वाचन