माधव नेपाल भन्छन्- निराशहरूले छाडे पनि हाम्रो पार्टी अघि बढ्दैछ « Khabarhub

माधव नेपाल भन्छन्- निराशहरूले छाडे पनि हाम्रो पार्टी अघि बढ्दैछ


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेबाट विद्रोहको आँट नगरेको भए अहिले आफूहरू यो अवस्थामा नआइपुग्ने बताएका छन् ।

‘पार्टी पुनर्गठन दिवस २०८२’को अवसरमा काठमाडौँमा सोमबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले पार्टीभित्र जिम्मेवारी, अनुशासन र सकारात्मक सोचको खाँचो रहेको पनि बताए ।

उनले पार्टीमा अवसर र समस्या दुवै रहेको भन्दै जिम्मेवारी लिनेहरूले त्यसलाई पूरा गर्नुपर्नेमा जोड दिए।

‘पार्टी कार्यालय धाउनु मात्रै ठूलो कुरा होइन, जिम्मेवारीअनुसार काम भएको छ कि छैन त्यसको अनुगमन हुनुपर्छ। रिपोर्ट नबुझाउनेहरूमाथि आवश्यक कारबाही अघि बढाउनुपर्छ’, उनले भने ।

उनले एमालेबाट विद्रोहको पृष्ठभूमि स्मरण गर्दै त्यतिबेला आँट नगरेको भए पार्टी अहिले अस्तित्वमै नहुने दाबी पनि गरे। ‘एमालेबाट विद्रोह गरेपछि पनि धेरै निराश मानिसहरू पलायन भए’, उनले भने, ‘तर निरन्तर लड्नेहरूले पार्टीलाई यहाँसम्म ल्याएका हुन् । चुनौतीलाई सामना गर्नेहरूले पार्टीलाई अझै अगाडि बढाउनेछन ।’

अध्यक्ष नेपालले समस्या भए पार्टी कमिटीमै छलफल हुनुपर्नेमा पनि जोड दिए। कम्युनिष्ट पार्टीलाई असम्भव ठान्नेहरू नभई गर्न सकिन्छ भन्नेले नै अगाडि बढेर परिणाम देखाएका उनले बताए ।

सही र गलत छुट्याउन मार्क्सवादको अध्ययन जरुरी रहेको उनले स्पष्ट पारे। ‘कहिलेकाहीँ गलत कुराले पनि कमिटीमा बहुमत पाउँछ। त्यसैले अध्ययनमार्फत सही–गलत छुट्याउन सक्नुपर्छ,’ अध्यक्ष नेपालले भने।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  १ : ३२ बजे

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी

कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण

काठमाडौं- काठमाडौँ महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा