वामदेवको दिक्दारी : युवराज सफलले समेत मलाई पार्टीबाट निकालिदिए « Khabarhub

वामदेवको दिक्दारी : युवराज सफलले समेत मलाई पार्टीबाट निकालिदिए

ठूला पार्टी मिलाउन खोज्दा नपत्याएको गुनासो


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता वामदेव गौतमले कुनै समय आफूलाई युवराज सफललेसमेत पार्टीबाट निकालिदएको गुनासो गरेका छन् ।

‘पार्टी पुनर्गठन दिवस २०८२’को अवसरमा काठमाडौँमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा गौतमले नेकपा एमाले छाडेपछि बनाएको नेकपा एकता राष्ट्रिय अभियानबाट सफलले आफूलाई निकालेको गुनासो गरेका हुन् ।

‘एमाले छाडिसकेपछि मैले फुटेका दुईवटा पार्टी (एमाले र माओवादी केन्द्र) मिलाउन भनेर लागेँ, तर सकिनँ । सानो टुक्रो लिएर ठूला ठूला पार्टीलाई मिल भन्दा मेरो शक्ति नहुँदो रहेछ’, उनले भने, ‘हाम्रो पार्टी नेकपा एकता राष्ट्रिय अभियान थियो । हामीसँग त्यसबेला नाम लेखाउन आउने २ हजार साथी थिए । उहिलेको वामदेव शक्तिशाली थियो, अहिलेको वामदेवमा केही छैन भनेर मलाई दुवै पार्टीले पत्याएनन् ।

उनले नेकपा एकता राष्ट्रिय अभियान निर्माण गरेपछि आफूलाई दुई पटक उक्त पार्टीबाट निकालिको बताए । ‘हामीसँग अभियान सुरू गर्दा २ हजार साथी थिए। त्यो संख्याबाट घटेर हामी पछि त ७५ जनामा सीमित भयौँ । त्यसक्रममा मलाई निष्कासन गर्ने गरी दुईवटा घटना भए’, उनले भने, ‘मलाई एक पटक युवराज सफलले निष्कासन गरे । अर्को पटक अर्काले पनि निष्कासन गरे । मलाई निष्कासन गर्दा शक्ति मिल्छ भन्ने ठानेछन् । कुरा मिलेन, हामीले अर्को पार्टी खोल्यौँ भने हुन्थ्यो नि साथीहरूले निष्कासन गर्‍यौँ भनेछन् । म उक्त अभियानबाट दुई पटक निष्कासित भएको मान्छे हो ।’

उनले ठूला शक्ति मिलाउन सकिन्छ कि भनेर पार्टी निर्माणमा लागे पनि पार नलागेको बताएइ । ‘ठूला पार्टी मिलाउने मेरो प्रयास सफल नभएपछि, पार नलागेपछि म पार्टी खोज्न लागेँ । बनेको पार्टीमा जानै सजिलो हुने मेरो निष्कर्ष थियो। पहिले एकीकृत समाजवादी पार्टी खोजेँ’, उनले भने,‘हाम्रो नेकपा एकता राष्ट्रिय अभियान थियो । कुरा त अनेकतिर गरेँ, अन्तत: सुरूमै कुरा गरेको एकीकृत समाजवादीमा जोडिएको छु ।’

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  २ : १३ बजे

आज २०८३ साल वैशाख १७ गते बिहीबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख १७ गते बिहीबार। वैशाख

सबैभन्दा बढी प्युठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भूभागनजिक

फरार प्रतिवादी २६ वर्षपछि पक्राउ

कैलाली । कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई झण्डै

यी हुन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको ६ अध्यादेश

काठमाडौँ । सरकारले मंगलबार र बुधबार गरेर ६ वटा अध्यादेश

वैशाख १८ देखि काठमाडौंका सुकुम्बासी बस्ती एकैपटक खाली गरिने

काठमाडौं । सरकारले काठमाडौंभरका सुकुम्वासी बस्तीहरू यही वैशाख १८ गते