भूमि समस्या आयोगको ढाँचामा निवेदन फारम बुझाउन मातहतका निकायलाई कांग्रेसको आग्रह « Khabarhub

भूमि समस्या आयोगको ढाँचामा निवेदन फारम बुझाउन मातहतका निकायलाई कांग्रेसको आग्रह


९ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले जिल्ला कार्यसमितिहरूलाई भूमि समस्या समाधान आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फारम पेश गर्नका लागि पार्टी मातहतका निकायहरूलाई यथाशीघ्र सूचित गर्न निर्देशन दिएको छ । 

कांग्रेसले सोमबार ७७ वटै जिल्लालाई परिपत्र गरेर आयोगको कामलाई प्राथमिकतामा राखेर थप प्रभावकारी बनाउनका लागि आवश्यक समन्वय गर्नसमेत भनेको छ । 

आयोगले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने प्रयोजनका लागि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीले जग्गा प्राप्त गर्नका लागि आयोगले तोकेको ढाँचाबमोजिम ३५ दिनभित्र निवेदन फारम भर्न आग्रह गरेको छ । 

आयोगका अनुसार साउन ३० गतेबाट सुरू भएको निवेदन फारम भर्ने समयावधि असोज ३ सम्म रहेको छ । कांग्रेस–एमालेको संयुक्त सरकारले भूमिसम्बन्धी समस्या समाधानका लागि आयोग गठन गरेर कार्यसम्पादनको गति बढाउँदै लगेको छ ।

प्रकाशित मिति : ९ भदौ २०८२, सोमबार  २ : ३५ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म