झलनाथसामु माधवको चेतावनी : पार्टी सिध्याउन खोज्नेलाई छुट दिन सकिँदैन « Khabarhub

झलनाथसामु माधवको चेतावनी : पार्टी सिध्याउन खोज्नेलाई छुट दिन सकिँदैन


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी सिध्याउन खोज्ने प्रवृत्तिलाई छुट दिन नसकिने बताएका छन् ।

पार्टी गठनको चार वर्ष पूरा भएको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले पार्टीभित्रै बसेर पार्टीलाई सिध्याउन खोज्ने प्रवृत्तिलाई छुट दिन नसकिने बताएका हुन् ।

पार्टीको पक्षमा बोल्नु र विपक्षमा बोल्नु एउटै कुरा नभएको उल्लेख गर्दै अध्यक्ष नेपालले पार्टीको पक्षमा दृढताका साथ बोल्न निर्देशनसमेत दिए । यसो भनिरहँदा मञ्चमा उनीसँग दुई लाइन संघर्ष गरिरहेका सम्मानित नेता झलनाथ खनाल पनि मञ्चमा थिए।

खनालले पछिल्लो समय अध्यक्ष नेपाल भ्रष्टाचार मुद्दामा मुछिएपछि नेपालविरुद्ध संघर्ष चर्काइरहेका छन् । उनले भ्रष्टाचार जस्तो गम्भीर मुद्दा लागिसकेपछि अध्यक्षले जिम्मेवारीबाट बाहिर रहनुपर्ने मत राखिरहेका छन् ।

यी दुई नेताको संघर्ष भ्रातृ संगठनमा पनि पुगेको छ । अनेरास्ववियूको कलहले समानान्तर कमिटी नै बनेको छ । यस्तोमा नेपालले पार्टीभित्रको असन्तुष्टिलाई कमिटी बैठकभित्रै राख्नुपर्नेमा जोड दिए ।

पार्टीभित्र अनुशासनहीनतालाई छुट दिन नसकिने उनको भनाइ छ । अध्यक्ष नेपालले कसैको लेखाइमा पार्टीमाथि आँच पुर्‍याउने र पार्टी नेतृत्वलाई गाली गर्नेलाई सहेर बस्न नसकिने जिकिर गरे ।

त्यस्तै उनले लिपुलेक क्षेत्रका व्यापारिक सम्बन्ध विस्तार गर्ने भारत–चीनको सहमति स्वीकार्य नरहेको भन्दै सरकारले कुटनीतिक रुपमा आफ्नो स्पष्ट धारणा राख्न सक्नुपर्ने बताए ।

नेपाल बोल्नुअघि सम्मानित नेता खनालले १० औँ महाधिवेशनले अघि सारेको नेपाली समाजवादको कार्यक्रमलाई पार्टीले अझैसम्म प्रकाशन नगरेको भन्दै असन्तुष्टि जनाए । उनले अझै पनि विद्रोहको पुष्टि हुन नसकेकोमा चिन्ता व्यक्त गरे।

देशको समाजवादी कार्यक्रमको रुपलाई अघि बढाउन नेपाली समाजवादको कार्यक्रमलाई प्रकाशन गर्नुपर्ने उनले बताएका छन् । खनालले मुख्य वर्गभित्र नपुगेसम्म साँच्चिकै कम्युनिष्ट पार्टी निर्माण गर्न नसकिने पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ३ : २५ बजे

तराईमा तातो लहर कायमै

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन प्रवेश भए

पौवादुङमामा २१ फर्मलाई ६० लाख सहयोग

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्दै किसान लक्षित

धुलिखेल–खावा सडकखण्डमा सवारी सञ्चालनमा कडाइ

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गतको धुलिखेल–खावा सडक खण्डमा भइरहेको सडक निर्माण

एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा (एमाले) को संसदीय दल र सचिवालय बैठक आज

भलमन्सालाई संरक्षण गर्दै धनगढी उपमहानगरपालिका

गोदावरी– धनगढी उपमहानगरपालिकाले ‘थारू समुदायको भलमन्सा प्रथा संरक्षण तथा विकास