गाजाको नासेर अस्पतालमा इजरायलको दोहोरो हवाई आक्रमण, चार पत्रकारसहित १५ जनाको मृत्यु « Khabarhub

गाजाको नासेर अस्पतालमा इजरायलको दोहोरो हवाई आक्रमण, चार पत्रकारसहित १५ जनाको मृत्यु


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायली आक्रमणका कारण प्यालेस्टाइनको गाजा क्षेत्रमा चार पत्रकारसहित १५ जनाको ज्यान गएको छ । दक्षिणी गाजा क्षेत्रको एउटा अस्पतालमा इजरायलले गरेको दोहोरो हवाई आक्रमणमा परी १५ जना मारिएको त्यहाँको नागरिक प्रतिरक्षा निकायले जनाएको छ ।

इजरायली सेनाले शुरुमा नासेर अस्पतालमा हवाई आक्रमण गरेको थियो । प्रारम्भीक हवाई आक्रमणपछि उद्धारकर्मी र पत्रकार घटनास्थल पुगेका थिए । प्रारम्भीक हवाई आक्रमणको केही समयलगत्तै फेरि दोस्रो पटक सोही स्थानमा अर्को हवाई आक्रमण गरेको बीबीसीले जनाएको छ ।

आक्रमणमा परी समाचार संस्था रोयटर्स, अल जजीरा, एपी र एनबीसीका पत्रकार मारिएको हुन् ।

मारिनेमा रोयटर्सका क्यामेराम्यान हुसाम अल मसरी, एसोसिएटेड प्रेसका लागि काम गर्ने स्वतन्त्र पत्रकार मरियम दग्गा, अल जजीराका मोहम्मद सलमेह र एनबीसीका फोटोग्राफर मुथा अबु ताहा मारिएका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ४ : २२ बजे

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका