गौरा–बलानपट्टि सडक निर्माण गरिँदै | Khabarhub Khabarhub

गौरा–बलानपट्टि सडक निर्माण गरिँदै


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बोदेबरसाईन–  यहाँको बोदेबरसाईन नगरपालिका–३ गौरा, सारस्वर, मधुवन हुँदै बलान बिहुल गाउँपालिकाको बलानपट्टि जोड्ने सडक निर्माण हुने भएको छ । आज यहाँ आयोजित एक कार्यक्रमबीच मधेस प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंहले उक्त सडकको शिलान्यास गरे ।

सिंहले जनताको सहयोगका कारण आफू निर्वाचित भएकाले जनताको हित र अधिकार तथा पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताए। उनले बजेट विनियोजनका लागि पटकपटक पहल गरिएको भन्दै सडक निर्माणपछि यहाँका हजारौँ स्थानीय लाभान्वित हुने धारणा राखे।

कार्यक्रममा बोदेबरसाईन नगरपालिकाकी उपप्रमुख रेणुकुमारी साह, बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव, बोदेबरसाईन–१ का वडाध्यक्ष रवीन्द्रकुमार साह, वडा नम्बर ३ का वडाध्यक्ष शिवनारायण यादव, पूर्वाधार विकास कार्यालय राजविराजका लेखापाल वीरेन्द्रकुमार साह, इञ्जिनियर दिनेश ठाकुर, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीलगायत दर्जनौँ स्थानीयवासी तथा नेताकार्यकर्ताको उपस्थित थियो ।

पूर्वाधार विकास कार्यालय राजविराजको आर्थिक सहयोगमा करिब रु १४ करोड ८६ लाख २० हजार ८४५ लागतमा निर्माण हुने उक्त सडकको ठेक्का यम-यस सारस सगरमाथा जेभी त्रियुगा–११ उदयपुरले पाएको छ । 

गत असार २५ गतेदेखि सुरु भई विसं २०८४ असार १९ गते निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । स्थानीयले सडक निर्माण समयमै सम्पन्न भएमा आवागमन सहज हुने अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ५ : २७ बजे

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका