वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षा निकायले समन्वय गर्ने | Khabarhub Khabarhub

वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षा निकायले समन्वय गर्ने


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जनकपुर– वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षा निकायले समन्वय तथा सहकार्य गर्ने भएको छ । मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा आज जनकपुरधाममा बसेको प्रदेश सुरक्षा समितिको बैठकले सो निर्णय गरेको हो । साथै थप हैजा फैलिन नदिन र उच्च सतर्कता अपनाउन सबैलाई आग्रहसमेत गरिएको छ ।

महामारी नियन्त्रणका लागि खानेपानी तथा स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरेर ढल तथा खानेपानीको पाइप मिसिएको ठाउँको खोजी, अनुसन्धान तथा मर्मतका लागि आवश्यक परेको खण्डमा सम्बन्धित निकायसँग सुरक्षा निकायले सहकार्य गर्ने निर्णय गरिएको मन्त्री लेखीले जानकारी दिए ।

हैजा नियन्त्रणका लागि परिचालन भएका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई सुरक्षा निकायका तर्फबाट सबै प्रकारको सहयोग गर्ने निर्णय प्रदेश सुरक्षा समितिबाट भएको बताइएको छ । खानेपानीको पाइपमा ढल मिसिएका कारण हैजा फैलिएको विषयमा बैठकमा सुरक्षा निकायबाट रिपोर्टिङ भएको गृहमन्त्री लेखीले पत्रकारहरूलाई जानकारी दिए ।

बैठकमा गौर घटनाका विषयमा सर्वोच्च अदालतबाट भएको परमादेश र त्यसपछि सुरु भएका विरोध प्रदर्शनसहितको विषयमा समीक्षा भएको जनाइएको छ । बैठकमा गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमल बराल, नेपाल प्रहरीका प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदी, सशस्त्र प्रहरीका नायब महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभाग तथा नेपाली सेनाका मधेस प्रदेश प्रमुखको उपस्थिति थियो ।

वीरगञ्ज महानगर आसपासमा देखिएको झाडापखाला र हैजा नियन्त्रणका लागि प्रादेशिक अस्पताल गौरका डा परशुराम यादव र डा विष्णुकुमार साह नेतृत्वको स्वास्थ्यकर्मीको टोली खटाइएको छ ।

प्रादेशिक अस्पताल गौरका अध्यक्ष मोहम्मद अनवर हासमीले वीरगञ्जमा झाडापखाला र हैजाका बिरामी देखापरेपछि आवश्यक सहयोग चिकित्सकसहितको टोली वीरगञ्ज पठाइएको जानकारी दिए । वीरगञ्जमा हालसम्म ७९ जना हैजाका बिरामी भेटिएका छन् भने झाडापखालाजन्य लक्षण देखिएका १०३ जना उपचार गराइरहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ६ : ०९ बजे

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका