किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ | Khabarhub Khabarhub

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ तथा डरत्रास देखाएर करणी प्रयास गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँका ७१ वर्षीय पहलमान पौडेल खत्री र ५५ वर्षीय रत्नबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार दुवैलाई भदौ ५ गते बेलुकी करिब ६ बजे पाथीभरा सामुदायिक वनमा किशोरीलाई जबरजस्तीकरणी गर्ने प्रयास गरेको आरोपमा पक्रा गरिएको हो ।

घटनाबारे भदौ ८ गते प्रहरीमा जानकारी प्राप्त भएपछि नियन्त्रणमा लिएर आज जिल्ला अदालत झापाबाट पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिइएको प्रनाउ खड्काले बताए ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ९ : ४२ बजे

कांग्रेस केन्द्रीय समिति बैठक ढिलो गरी सुरु

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दिउँसो एक बजेका लागि

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

दमौली– यहाँको व्यास नगरपालिका–१ छाब्दीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर

विवादित अभिव्यक्ति दिएपछि डा. निकोलस भुसाल पक्राउ

काठमाडौं- काठमाडौं- पछिल्लो समय प्रधानमन्त्री सुशीला कार्की, काठमाडौंका मेयर बालेन्द्र

उत्तर कोरियाका पूर्व राष्ट्रप्रमुख किम योङ नामको ९७ वर्षको उमेरमा निधन

सियोल– उत्तर कोरियाको तथाकथित ‘रबर स्ट्याम्प संसद्’ का पूर्व प्रमुख

अपर डोल्पाबासीले पाउँदैनन् चार महिना स्वास्थ्य सेवा 

बेमौसममा परेको पानीले यसवर्ष देशभरी नै  समय अगावै चिसो सुरु