शक्तिशाली आँधीका कारण क्युवामा तीनको मृत्यु, १७२ घाइते « Khabarhub

शक्तिशाली आँधीका कारण क्युवामा तीनको मृत्यु, १७२ घाइते


१५ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्युवा-  क्युवाको राजधानी हवानामा शक्तिशाली आँधीका कारण तीन जनाको मृत्यु भएको छ भने कम्तिमा १७२ जना घाइते भएका राष्ट्रपति मिगुएल दायज क्यानेलले सोमबार बताउनुभएको छ ।

क्यानेलले ट्वीटरमा लेख्नुभएको छ, “आइतबार राति हवानाको रेग्ला नगरमा आएको आँधीका कारण निकै धेरै क्षति पुगेको छ । अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने १७२ जना घाइते भएका छन् । घटनास्थलमा सयौँको सङ्ख्यामा सुरक्षाकर्मी उद्धारका लागि खटिरहेका छन् ।”

आँधीका कारण हवानाका कैयौँ नगरहरूमा विद्युत आपुर्ति अवरूद्ध भएको छ भने कैयौँ भौतिक संरचनामा क्षति पुगेका हवानाबाट प्राप्त समाचारमा जनाइएको छ ।

व्यापक बर्षासाथ आएको आँधी प्रतिघण्टा १०० किलोमिटरको गतिमा आएको स्थानीय मौसम विज्ञान कार्यालयले जनाएको छ ।

क्युवामा आँधीबाट हरेक बर्ष दर्जनौँको सङ्ख्यामा नागरिकले ज्यान गुमाउने गरेका छन् । सन् १९४० को डिसेम्बरमा पश्चिमी शहर वेजुकालमा आएको आँधीलाई क्युवाको इतिहासमा सबैभन्दा प्रलयकारी मानिने गरेको छ ।

प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार  ४ : ४१ बजे

नेपालसँग मलेसिया ६७ रनमा अलआउट : पूजाको तीन विकेट

काठमाडौँ – नेपाली महिला क्रिकेट टिमले मलेसियालाई ६७ रनमा अलआउट

सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान

काठमाडौँ– विगत करिब ५० वर्षदेखि प्रकृति तथा पर्यावरण संरक्षण सुरक्षा

पहिरोले हुम्लाको नेप्कामा रहेकाे विद्यालय बगायो

हुम्ला– हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको पहिरोले चङ्खेली–५

खान नजान्दा स्वास्थ्य जोखिममा

विश्व मानव समाज खानकै समस्यामा छ । अहिले पृथ्वीमा मानव

विश्वकप लिग-२ : कीर्तिपुरमा भिड्दै अमेरिका र स्कटल्यान्ड

काठमाडौँ – विश्वकप लिग–२ मा बुधबार तालिकाको शीर्ष स्थानका अमेरिका