तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि « Khabarhub

तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ । भिमाद नगरपालिका–२ का ८० वर्षीय पुरुषमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको हो ।

नयाँ मेडिकल कलेज चितवनमा परीक्षण गर्दा ती वृद्धमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिए ।

ती वृद्धमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण देखिएपछि कार्यालयले रोगको सम्पर्क परीक्षण तथा जनचेतना कार्यक्रम गरेको छ ।

कार्यालय प्रमुख अमर दवाडीको नेतृत्वमा उक्त वडामा पुगेर स्थानीयवासीको सम्पर्क परीक्षण गरिएको कँडेलले बताए ।

जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने र मस्तिष्कमा सङ्क्रमण हुने रोग हो । यसले सङ्क्रमितको स्नायु प्रणालीलाई अङ्भङ्ग बनाउनुका साथै बिरामीको मृत्युसमेत हुने स्वास्थ्यकर्मी बताउँछन् ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ७ : १५ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा