राज्यव्यवस्था तथा सुशासन समितिमा काँग्रेसले ईश्वरी न्यौपानेलाई पठाउने « Khabarhub

राज्यव्यवस्था तथा सुशासन समितिमा काँग्रेसले ईश्वरी न्यौपानेलाई पठाउने


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली काँग्रेसले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा प्रतिनिधिसभा सदस्य ईश्वरी न्यौपानेलाई पठाउने भएको छ ।

सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा मङ्गलबार बसेको पदाधिकारी बैठकले न्यौपानेलाई समितिको सभापति बनाउने निर्णय गरेको हो ।

सङ्घीय निजामति सेवा विधेयक, २०८० मा समितिले ‘कुलिङ पिरियड’मा गरेको सर्वसम्मत व्यवस्थामा छेडखानी भएपछि काँग्रेस सांसद रामहरि खतिवडाले राजीनामा दिएका थिए । त्यसयता उक्त पद रिक्त छ ।

काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले रिक्त पदमा सांसद न्यौपानेलाई पठाउने निर्णय गरिएको जानकारी दिए ।

‘राज्य व्यवस्था समितिको रिक्त सभापति पदमा माननीय ईश्वरी न्यौपानेलाई पठाउने सहमति भएको छ,’ उनले खबरहबसँग भने ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  १ : ५२ बजे

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी

कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण

काठमाडौं- काठमाडौँ महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा