राज्यव्यवस्था तथा सुशासन समितिमा काँग्रेसले ईश्वरी न्यौपानेलाई पठाउने « Khabarhub

राज्यव्यवस्था तथा सुशासन समितिमा काँग्रेसले ईश्वरी न्यौपानेलाई पठाउने


१० भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली काँग्रेसले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा प्रतिनिधिसभा सदस्य ईश्वरी न्यौपानेलाई पठाउने भएको छ ।

सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा मङ्गलबार बसेको पदाधिकारी बैठकले न्यौपानेलाई समितिको सभापति बनाउने निर्णय गरेको हो ।

सङ्घीय निजामति सेवा विधेयक, २०८० मा समितिले ‘कुलिङ पिरियड’मा गरेको सर्वसम्मत व्यवस्थामा छेडखानी भएपछि काँग्रेस सांसद रामहरि खतिवडाले राजीनामा दिएका थिए । त्यसयता उक्त पद रिक्त छ ।

काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले रिक्त पदमा सांसद न्यौपानेलाई पठाउने निर्णय गरिएको जानकारी दिए ।

‘राज्य व्यवस्था समितिको रिक्त सभापति पदमा माननीय ईश्वरी न्यौपानेलाई पठाउने सहमति भएको छ,’ उनले खबरहबसँग भने ।

प्रकाशित मिति : १० भदौ २०८२, मंगलबार  १ : ५२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली