ललितपुरमा अनलाइन जुवा : भाडाको कोठामा बसेका युवकबाट ९१ लाख रुपैयाँ बरामद « Khabarhub

ललितपुरमा अनलाइन जुवा : भाडाको कोठामा बसेका युवकबाट ९१ लाख रुपैयाँ बरामद


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरमा अनलाइन जुवा र लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा एकजना युवक प्रकाउ परेका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरले अनलाइन जुवा (सट्टावाजी) र लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा ती युवकलाई ठूलो परिमाणको नगदसहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार ललितपुर महानगरपालिका–४ शान्तिकुना मार्गस्थित कोठाबाट काठमाडौँ उपत्यका प्रहरी कार्यालय र ललितपुर प्रहरीको संयुक्त टोलीले सिन्धुली कमलामाई नगरपालिका–२, पिपलभन्ज्याङ घर भएका २६ वर्षीय गौरव स्याङतानलाई सोमबार साँझ पक्राउ गरेको हो।

प्रहरीले खानतलासी गर्दा उनको कोठाबाट नेपाली रुपैयाँ ९१ लाख ५० हजार, नोट गन्ने मेसिन, तौल गर्ने तराजु, ११ थान मोबाइल, एक थान ल्यापटप, एक थान आइप्याड, आठ थान बैंकका एटीएम कार्ड, पकेट वाइफाइ र ‘चेवाङ्’स् प्ले ग्राउन्ड’ लेखिएको बोर्ड बरामद गरेको छ।

त्यसैगरी, कोठामा लुकाएको अवस्थामा गाँजा १ किलो ५०० ग्राम पनि प्रहरीले बरामद गरेको छ। बरामद सबै सामान र पक्राउ परेका स्याङतानलाई अनुसन्धान लागि जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ।

बरामद सामान र नगद

१. नेपाली रुपैयाँ ९१ लाख ५० हजार रुपैयाँ ।
२. नोट (पैसा) गन्ने एक थान मेसिन ।
३. तौल गर्ने तराजु एक थान ।
४. गाँजा जस्तो देखिने एक केजी ५ सय ग्राम लागुऔषध ।
५. विभिन्न कम्पनीका मोबाइल सेटहरू २१ थान ।
६. आईप्याड एक थान ।
७. ल्याप्टप एक थान ।
८. गौरव स्याङ्तान नाम उल्लेख भएको आठ थान एटीएम कार्ड ।
९. ‘चेवाङ्’स् प्ले ग्राउन्ड’ लेखेको एक थान बोर्ड ।
१०. टिसम फोरजी प्लस एलटीई मोबाइल वाईफाई हटस्पट पकेट राउटर एक थान ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  २ : ३६ बजे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्: आकस्मिक परिस्थितिका लागि कदम चाल्न तयार छौँ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इजरायल र अमेरिकाद्वारा इरानमाथि आक्रमणपछि मध्यपूर्व

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटमार्फत अवलम्बन गरिने करका

मतदातालाई प्रधानमन्त्रीको अपिल : काम छोडेर भए पनि भोट हाल्न जानूस् (सम्बोधनको पूर्णपाठ)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा

इजरायल–इरान द्वन्द्व मध्यपूर्वभर फैलियो

एजेन्सी– इजरायलले इरान समर्थित हिजबुल्लाहका लक्ष्यहरूमा लेबनानभरि व्यापक बमबारी गरेपछि

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने करका