महिला प्रतिनिधित्व स्थापित गर्न मङ्गलादेवीको योगदान अतुलनीय : मन्त्री सिंह « Khabarhub

महिला प्रतिनिधित्व स्थापित गर्न मङ्गलादेवीको योगदान अतुलनीय : मन्त्री सिंह


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राज्य सञ्चालनका विभिन्न तहमा महिला प्रतिनिधित्व स्थापित गर्न नेपाली कांग्रेसकी नेत्री मङ्गलादेवी सिंहको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् ।

नेपाल महिला सङ्घकी संस्थापक एवं नेपाली महिला आन्दोलनकी नेत्री मङ्गलादेवी सिंहको २९औँ स्मृति दिवसका अवसरमा आज शोभाभगवतीमा रहेको सिंहको सालिकमा माल्यार्पण गर्दै उनले महिला अधिकारका लागि उनको भूमिका अतुलनीय रहेको बताए ।

उपप्रधानमन्त्री सिंहले महिलाको हक, अधिकारका लागि आवाज उठाउने महिला नेत्री सिंह लगायत महिलाको सङ्घर्षको परिणामस्वरुप वर्तमान संविधानमा समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व सुनिश्चित भएको बताए ।

त्यस अवसरमा मङ्गलादेवी फाउन्डेसनकी अध्यक्ष सृजना सिंहले मङ्गलादेवी सिंह नेपाली महिलाका लागि प्रेरणाकी स्रोत रहेको बताइन् । महिलालाई चुलोचौकोबाट बाहिर निस्केर आफ्ना हक, अधिकारका निम्ति लड्न २००४ साल साउन २४ गते मङ्गलादेवी सिंहको अध्यक्षतामा महिला महिला सङ्घ स्थापना भएको थियो ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ५ : ३१ बजे

ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट

दुबई– कतारको प्रमुख प्राकृतिक ग्यास निर्यात केन्द्रमा पुनः सञ्चालनको तयारी

मालिकामा बेसारको ‘ब्रान्डिङ’

तम्घास– गुल्मीको मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरुआत गरिएको छ

ट्राफिक कारबाही : चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

काठमाडौं– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६ सवारी

गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार

सिमकोट– सुत्केरी व्यथाले थलिएकी हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–१ हेक्का निवासी २८

म्याग्दीको दर्मीजामा ‘होमस्टे’ को आकर्षण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मीजामा ‘होमस्टे’ (घरबास) सञ्चालन भएको छ