इम्बोस्ड नम्बर प्लेटबारे यसअघिको निर्णयबाट पछि हट्यो सरकार, अब स्वैच्छिक मात्रै « Khabarhub

इम्बोस्ड नम्बर प्लेटबारे यसअघिको निर्णयबाट पछि हट्यो सरकार, अब स्वैच्छिक मात्रै


१० भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


933
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इम्बोस्ड नम्बर प्लेट जडानका सम्बन्धमा यसअघिको निर्णयबाट सरकार पछाडि हटेको छ ।

यातायात व्यवस्था विभागले मंगलबार विज्ञप्ति जारी गर्दै इम्बोस्ड नम्बर प्लेट बाध्यकारी नभइ स्वैच्छिक भएको जनाएको छ । यसअघि यो बाध्यकारी बनाउने भनिएको थियो ।

विभागका अनुसार सवारी दर्ता, नामसारी र नवीकरण गर्दा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने व्यवस्था अनिवार्य गरिएको र यातायात व्यवस्था ऐन, २०४९, यातायात व्यवस्था नियमावली, २०५४ तथा मन्त्रिपरिषद् बैठकका निर्णयहरूमा आधारित रहेको प्रष्टीकरण दिएको छ ।

असोज १ सम्म जडान नगरिए दण्ड जरिवाना गरिने भनी भ्रम फैलाइएको भन्दै तत्काल कुनै जरिवाना वा कारबाही नगरिने विभागले जनाएको छ। आफूलाई अनुकूल भएको समयमा जडान गर्न सकिने पनि विभागले जनाएको छ ।

इम्बोस्ड नम्बर प्लेटका तथ्याङ्क विदेशीको हातमा जाने र राष्ट्रिय सुरक्षामा खतरा हुने भनिएको विषय हल्ला मात्रै भएको विभागको स्पष्टोक्ति दिएको छ ।

“इम्बोस्ड नम्बर प्लेट जडानसम्बन्धी सम्पूर्ण विवरण तथा तथ्याङ्कहरू यातायात व्यवस्था विभाग परिसरमा रहेको डाटा सुरक्षा केन्द्रमा सुरक्षित रहने गरी व्यवस्था मिलाइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १० भदौ २०८२, मंगलबार  ६ : २१ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२