हैजा तथा तथा झाडापखाला सङ्क्रमण रोक्न रेडक्रसको सहयोग « Khabarhub

हैजा तथा तथा झाडापखाला सङ्क्रमण रोक्न रेडक्रसको सहयोग


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल रेडक्रस सोसाइटीले  वीरगञ्जमा फैलिएको हैजा तथा झाडापखाला सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रतिकार्य सुरूवात गरेको छ ।  

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को आपतकालीन विपद् कोषको आर्थिक एवं प्राविधिक सहयोगमा प्रतिकार्यलाई द्रुत अगाडि बढाइएको हो । 

पर्सा जिल्ला शाखामार्फत प्रभावित समुदायका घरघरमा पुगेर झाडापखाला तथा सम्भावित हैजाबाट बच्ने उपायहरूसहित सरसफाइ तथा स्वच्छता प्रवर्द्धन, खानेपानी शुद्धीकरण, हात धुने अभ्यास सहजीकरण र बिरामीलाई स्वास्थ्य केन्द्रसम्म लैजान सहयोग गर्ने उद्देश्यले ३० जना सङ्क्रमण नियन्त्रण स्वयंसेवकहरूलाई अभिभुखिकरण गरी परिचालन गरिएको छ । 

यसका अतिरिक्त स्थानीयस्तरमा समन्वय गरी स्वयंसेवकमार्फत जीवनजल, सरसफाइ सामग्री र खानेपानी शुद्धीकरण गर्ने विधिसहित क्लोरिन उपलब्ध गराएको छ । त्यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको महामारी तथा रोग नियन्त्रण महाशाखामार्फत ३०० प्याकेट जीवनजल सम्भावित हैजा नियन्त्रणका लागि उपचार गरिरहेका अस्पतालहरूलाई हस्तान्तरण गरिएको जनाइएको छ ।  

सम्भावित हैजा नियन्त्रणका लागि तीनै तहका सरकारी निकाय तथा सम्बद्ध सरोकारवाला निकायहरूसँग समन्वय गर्दै सहयोग पुर्‍याइरहेको पनि आइएफआरसीले जनाएको छ । 

वीरगञ्जमा देखापरेको हैजाका बिरामी बढ्दो रूपमा रहेको हुनाले सुख्खा सङ्कट प्रभावित जिल्लामा आपतकालीन खानेपानी तथा सरसफाइका लागि आइएफआरसीको सो आपत्कालीन विपद् कोषको सहयोग परिचालन गरी विगत एक महिनादेखि सञ्चालित खडेरीसम्बन्धी प्रतिकार्यका गतिविधिहरूमा पनि हात धुने अभ्याससहित साबुन वितरण, आपतकालीन शौचालय निर्माण र सरसफाइ तथा स्वच्छताका गतिविधिहरू स्थानीय सरकार एवं सरोकारवालाहरूसँगको समन्वयमा तदारुकताका साथ जारी रहेको बताइएको छ ।  

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  २ : १६ बजे

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका

रास्वपा महाधिवेशन: ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन पक्का, पदाधिकारी छान्न सकस

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा ९९

रास्वपालाई कांग्रेस सभापति थापाको शुभकामना : संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी

फिफा विश्वकप : इक्वेडर र कुरासाओले खेले गोलरहित बराबरी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह ‘ई’ का इक्वेडर

अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

म्याग्दी– सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार शिविर अहिले गुल्जार