बैतडीका भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गरिँदै « Khabarhub

बैतडीका भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गरिँदै


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बैतडी– जिल्लामा रहेका अव्यवस्थित बसोबास गर्ने, भूमिहीन सुकुम्वासी र भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण गर्ने तयारी थालिएको छ । लालपुर्जा वितरण गर्ने लक्ष्यअनुसार भूमी समस्या समाधान आयोग जिल्ला समितिले कार्ययोजना बनाएर सदस्यहरूसँग कार्यसम्पादन सम्झौता गरेको हो ।  

समितिको बैठकले अध्यक्षसहित सदस्यहरूलाई जिम्मेवारी बाँडफाँड गर्नुका साथै कार्यसम्पादन सम्झौता गरिसकिएको भूमी समस्या समाधान आयोग, जिल्ला समितिका अध्यक्ष रमेशदत्त पाण्डेयले बताए।

समितिले आगामी माघसम्म गर्न सकिने कामको कार्ययोजना बनाएर सोहीअनुसार जिम्मेवारी बाँडफाँड गरिएको जिल्लास्थित नापी कार्यालयका प्रमुख एवं सदस्यसचिव रणबहादुर रावलले जानकारी दिए । 

जिल्लामा रहेका अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्वासी र भूमिहीन दलितलाई लालपुर्जा वितरण गर्ने लक्ष्यसहित समितिले काम गरिरहेको अध्यक्ष पाण्डेयले बताए। स्थानीय तहहरूमा समितिको कामलाई प्रभावकारी रूपमा अगाडि बढाउन, स्थानीय तहसँग समन्वय र सहकार्य गर्न अध्यक्षसहित सदस्यहरूलाई जिम्मेवारी तोकिएको उनको भनाइ छ ।

अध्यक्ष पाण्डेयका अनुसार पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका र दशरथचन्द नगरपालिकामा अध्यक्षको समन्वयमा समितिको तर्फबाट काम हुनेछ । पुर्चौँडी नगरपालिका र सिँगास गाउँपालिकामा समिति सदस्य जगदीश नायकलाई जिम्मेवारी दिइएको छ भने दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा समिति सदस्य जानकी अवस्थीलाई जिम्मेवारी दिइएको उनले जानकारी दिए।

पाटन नगरपालिका र सुर्नया गाउँपालिकामा समिति सदस्य सरस्वती जोशीलाई जिम्मेवारी दिइएको छ । जिल्लाका १० वटै स्थानीय तहमा रहेका भूमिहीनको लगत संकलन गरिसक्ने, आगामी असोजमा प्रमाणीकरण गरिसक्ने, कार्तिकमा जग्गा छनोट तथा नापजाँच गरिसक्ने, मङ्सिरमा श्रेष्ताको तयारी सक्ने र माघमा पुर्जा तयार गरी हस्तान्तरण गर्ने कार्ययोजना बनाइएको अध्यक्ष पाण्डेयले जानकारी दिए । 

जिल्लामा अहिलेसम्म दुई हजार ३९१ जनाको निवेदन परेको छ । आयोगले आगामी असोज २ गतेसम्म अन्तिम पटकका लागि आवेदन आह्वान गरेको भूमी समस्या समाधान आयोग जिल्ला समितिले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ३ : ०४ बजे

टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा

अमेरिका– टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासले टेक्ससको राजधानी अस्टिनमा आयोजना

उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ– सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरुसम्म पुर्‍याउन, बढी भएको

आमाले मकै पोलेर घर चलाएपछि कमेडीमा जमेका कर्मा

काठमाडौँ- सबैको विगत हुन्छ, कसैको राम्रो त कसैको नराम्रो ।

नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी

नवलपरासी– नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा

सम्झौता विपरीतका इँटा प्रयोग गरेपछि पर्खाल भत्काइयो

खोटाङ– निर्माण कम्पनीले हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनमा सम्झौता विपरीत