बारामा शतप्रतिशत धान रोपाइँ सम्पन्न « Khabarhub

बारामा शतप्रतिशत धान रोपाइँ सम्पन्न


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कलैया– जिल्लामा चालु आर्थिक यस वर्षमा शतप्रतिशत वर्षे रोपाइँ भएको छ । यसवर्ष कूल ४६ हजार २० हेक्टर क्षेत्रफलमा वर्षे धान रोपाइँ गर्ने लक्ष्य लिइएको थियो । 

पर्याप्त मात्रामा पानी नपर्नु, खडेरी लाग्नुलगायत कारणले रोपाइँ ढिलो भएपनि शतप्रतिशत खेतीयोग्य जमिनमा खेती गरिएको यहाँस्थित कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायण साहले जानकारी दिए । 

उनका अनुसार यस वर्ष जिल्लामा हर्दिनाथ, चैते-१, चैते-२, चैते-४, राधा-४, सोनामन्सुली, राधा-११, राधा-९, राधा-७ लगायत जातका धान रोपिएका छन् ।

पटकपटक परेको वर्षाका कारण धानको रोपोमा सुधार भई खेती सप्रिएकाले उत्पादनमा कमी नहुने केन्द्रका अर्थविज्ञ गणेश महराले विश्वास व्यक्त गरे । 

उनका अनुसार गत आवमा कृषकले कूल ४६ हजार २० हेक्टर क्षेत्रफलमा वर्षे धानखेती गरेकामा छ अर्ब २८ करोड १९ लाख २८ करोड नौ लाख ३२ हजार बराबरको एक लाख ९३ हजार २८४ मेट्रिक टन धान उत्पादन भएको थियो ।
 

 

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ३ : ५४ बजे

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका

रास्वपा महाधिवेशन: ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन पक्का, पदाधिकारी छान्न सकस

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा ९९

रास्वपालाई कांग्रेस सभापति थापाको शुभकामना : संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी

फिफा विश्वकप : इक्वेडर र कुरासाओले खेले गोलरहित बराबरी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह ‘ई’ का इक्वेडर

अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

म्याग्दी– सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार शिविर अहिले गुल्जार