सवारी दुर्घटना न्यूनिकरणका लागि सरोकारवाला निकायलाई मुख्यमन्त्री बानियाँको निर्देशन « Khabarhub

सवारी दुर्घटना न्यूनिकरणका लागि सरोकारवाला निकायलाई मुख्यमन्त्री बानियाँको निर्देशन


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक सचेतता अभिवृद्धिका लागि सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको छलफलमा उनले सवारी दुर्घट्ना न्यूनिकरण तथा ट्राफिक सचेतता अभिवृद्धिका लागि सुरक्षा निकाय र सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिएका हुन् । 

मुख्यमन्त्री बानियाँले सवारी दुर्घटना न्यूनीकरणका लागि सम्बद्ध सबै निकायहरूलाई समन्वयात्मक तरिकाले परिचालित भएर प्रभावकारी ढंगले काम गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ ।

छलफलमा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनले बागमती प्रदेश भित्रको सवारी दुर्घटनाको अवस्था र कारणहरू संक्षिप्त रूपमा प्रस्तत गरेको थियो ।

छलफलमा बागमतीका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव भुपाल बराल, श्रम रोजगार तथा यातायात मन्त्रालयका सचिव बिरेन्द्रकुमार भारती सहभागी थिए । 

यस्तै मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक अरुण पौडेल, प्रदेश सशस्त्र प्रहरी कार्यालयका नायब महानिरीक्षक अन्जनीकुमार पोखरेल, पेट्रोलियम डिलर्स एसोशियनका प्रदेश अध्यक्ष सुदर्शन कार्की, प्रदेश ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदी र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक गायत्रीराज शर्माको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ४ : २४ बजे

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका

रास्वपा महाधिवेशन: ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन पक्का, पदाधिकारी छान्न सकस

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा ९९

रास्वपालाई कांग्रेस सभापति थापाको शुभकामना : संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी

फिफा विश्वकप : इक्वेडर र कुरासाओले खेले गोलरहित बराबरी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह ‘ई’ का इक्वेडर

अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

म्याग्दी– सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार शिविर अहिले गुल्जार