सवारी दुर्घटना न्यूनिकरणका लागि सरोकारवाला निकायलाई मुख्यमन्त्री बानियाँको निर्देशन « Khabarhub

सवारी दुर्घटना न्यूनिकरणका लागि सरोकारवाला निकायलाई मुख्यमन्त्री बानियाँको निर्देशन


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक सचेतता अभिवृद्धिका लागि सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको छलफलमा उनले सवारी दुर्घट्ना न्यूनिकरण तथा ट्राफिक सचेतता अभिवृद्धिका लागि सुरक्षा निकाय र सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिएका हुन् । 

मुख्यमन्त्री बानियाँले सवारी दुर्घटना न्यूनीकरणका लागि सम्बद्ध सबै निकायहरूलाई समन्वयात्मक तरिकाले परिचालित भएर प्रभावकारी ढंगले काम गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ ।

छलफलमा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनले बागमती प्रदेश भित्रको सवारी दुर्घटनाको अवस्था र कारणहरू संक्षिप्त रूपमा प्रस्तत गरेको थियो ।

छलफलमा बागमतीका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव भुपाल बराल, श्रम रोजगार तथा यातायात मन्त्रालयका सचिव बिरेन्द्रकुमार भारती सहभागी थिए । 

यस्तै मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक अरुण पौडेल, प्रदेश सशस्त्र प्रहरी कार्यालयका नायब महानिरीक्षक अन्जनीकुमार पोखरेल, पेट्रोलियम डिलर्स एसोशियनका प्रदेश अध्यक्ष सुदर्शन कार्की, प्रदेश ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदी र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक गायत्रीराज शर्माको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ४ : २४ बजे

कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई

विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले आगामी

पुरानाको आसेपासे भर्ती केन्द्र समानुपातिक प्रणालीलाई नयाँले ‘एलिट’को क्लब बनाइदिए

काठमाडौं- निर्वाचन आयोग यतिबेला ६४ दलका करिब साढे तीन हजार

काठमाडौं महानगरद्वारा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरघरमा पुगी स्वास्थ्य सेवा

काठमाडौं– काठमाडौं महानगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमा गएर