प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति र उपराष्ट्रपति भेट्ने, यी हुन् भ्रमण टोलीका सदस्य   « Khabarhub

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति र उपराष्ट्रपति भेट्ने, यी हुन् भ्रमण टोलीका सदस्य  


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन जाने भएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा चीन उनी भ्रमणमा जान लागेका हुन् ।

उनले चीनमा आयोजना हुने साङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन–२०२५ मा सहभागिता जनाउने छन् । 

त्यसैगरी जापानी आक्रमणविरुद्धको चिनियाँ जित र विश्‍वव्यापी फासीवादविरोधी युद्धको विजयको ८०औँ वार्षिकोत्सवमा पनि ओली सहभागी हुने कार्यक्रम छ। प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य पनि जाँदैछिन्।

प्रधानमन्त्री ओलीले आगामी भदौ १६ गतेदेखि तिआन्जिनमा आयोजना हुने एससीओ सम्मेलनलाई सम्बोधन गर्ने भएका छन् । त्यही क्रममा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । सम्मेलनमा सहभागी अन्य विश्व नेताहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको परराष्ट मन्त्रालयले जनाएको छ।

भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले भदौ १७ गते बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नेछन्। त्यस्तै, भदौ १८ मा बेइजिङमा आयोजना हुने विशेष समारोहमा सहभागी भई दोस्रो विश्वयुद्धको विजय दिवसको ८०औँ वार्षिकोत्सव मनाइने कार्यक्रममा समेत उपस्थित हुनेछन्।

को को छन् टोलीमा ? 

प्रधानमन्त्रीको टोलीमा शिक्षामन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा, सांसद छबिलाल विश्वकर्मा र अन्य उच्च सरकारी अधिकारी रहनेछन्। 

प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल भदौ १८ गते स्वदेश फर्किने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ६ : ३६ बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य