दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय  « Khabarhub

दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय 


११ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सात दिनभित्र सामाजिक सञ्जाल दर्ता हुनुपर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का १० वटा निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले यसबारे बुधबार जानकारी दिएका हुन् । गत भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले दर्ता नभए सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतको आदेशबमोजिम सामाजिक सञ्जाल सात दिनभित्र सञ्चार मन्त्रालयमा सूचीकरण हुनुपर्ने निर्णय भएको गुरुङले बताएका छन् । तोकिएको अवधिमा सूचीकरण नभएमा ती सामाजिक सञ्जाललाई नेपाल निष्क्रिय गराउन दूरसञ्चार प्राधिकरणलाई निर्देशन निर्णय गरिएको मन्त्री गुरुङले बताए ।

त्यस्तै, सरकारबाट घोषणा भएका विभिन्न २० वटा औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह तथा पेट्रोलियम पाइपलाइन र निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने निर्णय भएको छ र उक्त सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको छ ।

त्यसैगरी, सरकारले नेपाली सेनातर्फ चारजना उपरथीहरूको सरुवा गर्ने निर्णय गरेको छ । एकजना सहायक रथीलाई उपरथी दर्जामा बढुवा गर्ने निर्णय पनि बैठकले गरेको छ । एकजना महासेनानीलाई सहायक रथी दर्जामा बढुवा र एकजना महासेनानीको राजीनामा स्वीकृत गर्ने निर्णय पनि बैठकबाट भएको छ ।

प्रकाशित मिति : ११ भदौ २०८२, बुधबार  ६ : ४५ बजे

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता