‘रुबीकुमारीको हत्या’पछि आत्मदाह प्रयास गर्दा जलेका लक्ष्मणको पनि मृत्यु « Khabarhub

‘रुबीकुमारीको हत्या’पछि आत्मदाह प्रयास गर्दा जलेका लक्ष्मणको पनि मृत्यु


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुटकेसमा प्याक गरिएको अवस्थामा भेटिएकी रुबीकुमारी साह हत्याकाण्डका मुख्य आरोपी लक्ष्मण पासवानको पनि मृत्यु भएको छ।

बुधबार बिहान रौतहटबाट प्रहरीले नियन्त्रणमा लिएर उपचारका लागि काठमाडौँ पठाइएका उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा ज्यान गएको हो ।

बुधबार प्रहरीले नियन्त्रणमा लिएपछि लक्ष्मणको एउटा भिडियो भाइरल भएको थियो । उक्त भिडियो रुबीकुमारीको ज्यान लिनुअघि लक्ष्मणले कुनै एकान्त स्थानमा गएर सुट गरेका थिए ।

हिन्दी भाषामा बोलिएको ९ मिनेट ३६ सेकेन्डको भिडियोमा उनले रुबीको हत्यापछि मर्नका लागि आफैँलाई आगो लगाउन लागेको बताएका थिए ।

तर रुबीका प्रेमीका रुपमा आफूलाई चिनाएका लक्ष्मणको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा बुधबार साँझ सवा ६ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ६ : ५७ बजे

बारामा ३ वर्षीया बालिका हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग

काठमाडौं– सांसदहरुले बारा जिल्लाको सिमरामा ३ वर्षीया बालिकामाथि भएको जघन्य अपराधको

‘वालेन्द्र सरकार पाकिस्तानी मोडलमा चलिरहेको छ, विस्तारै उत्तर कोरियाली मोडलतर्फ जाँदैछ’

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका

भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

ढाका- भारत र बङ्गलादेशबीच कूटनीतिक सम्बन्धमा अनिश्चितता कायम रहे पनि दुवै

प्रधानमन्त्री एक्लिएको फेसबुके स्टाटसबारे रविको जवाफ : उहाँ त गीतकार पनि हो नि !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालै वालेन्द्र शाह