जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद | Khabarhub Khabarhub

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


720
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका–२ सानोभ¥याङका ५२ वर्षीय श्यामकृष्ण महर्जन, ललितपुर, महालक्ष्मी नगरपालिका–४ का ५७ वर्षीय पूर्णबहादुर थापा, काठमाडौँ महानगरपालिका–२६ का ४६ वर्षीय राजेश महर्जन, गुल्मी, सत्यवती गाउँपालिका–१ का ३७ वर्षीय प्रदीप पाण्डे, काठमाडौँ महानगरपालिका–१३ का ४९ वर्षीय अमर महर्जन, काठमाडौँ महानगरपालिका–३१ का ५४ वर्षीय गोपाल तण्डुकार रहेका छन् ।

यस्तै रामेछाप शैलुङ दोरम्बा गाउँपालिका–७ का ४८ वर्षीय खेमबहादुर थापा, काठमाडौँ महानगरपालिका–२४ का ५० वर्षीय सानुकाजी महर्जन तथा काठमाडौँ महानगरपालिका–१८ का ४५ वर्षीय राजु नापित रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

उनले भने, “काठमाडौँ महानगरपालिका–१५ अन्नपूर्ण चोक नजिक जुवातास खेलाइ रहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद दुई लाख २१ हजार रुपैयाँ नगद र दश बुक ताससहित पक्राउ गरेको हो ।”

पक्राउ परेकालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आज अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको प्रवक्ता बोहराले बताए ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ८ : २१ बजे

उत्तर कोरियाका पूर्व राष्ट्रप्रमुख किम योङ नामको ९७ वर्षको उमेरमा निधन

सियोल– उत्तर कोरियाको तथाकथित ‘रबर स्ट्याम्प संसद्’ का पूर्व प्रमुख

अपर डोल्पाबासीले पाउँदैनन् चार महिना स्वास्थ्य सेवा 

बेमौसममा परेको पानीले यसवर्ष देशभरी नै  समय अगावै चिसो सुरु

एक पाण्डव गोप्य राखेर फिल्म ‘पाँच पण्डव’को शुभमुहूर्त

काठमाडौं– दीपकराज गिरी र जितु नेपालको सहकार्य हुने भनेर चर्चा

भेडापालनमा भविष्य खोज्दै आस्मन

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–४, मुदी सिङकोसका २५ वर्षीय युवा आस्मन

पुनःनिर्माण कोषमा छ करोड २४ लाख संकलन

काठमाडौं– गत भदौ २३ र २४ गते देशभर भएका जेन–जी