‘अन्य विद्यार्थीसँगै पढ्छन् अपाङ्गता भएका विद्यार्थी’ | Khabarhub Khabarhub

‘अन्य विद्यार्थीसँगै पढ्छन् अपाङ्गता भएका विद्यार्थी’


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको लालझाँडी गाउँपालिका– ३ बल्मीस्थित पूर्णिमा आधारभूत विद्यालयमा शारीरिक अपाङ्गता भएका विद्यार्थीलाई पनि अन्य विद्यार्थीहरूसँगै कक्षाकोठामा राखिएको छ । यस्ता विद्यार्थीका लागि छुट्टै शिक्षकको व्यवस्था गरिए पनि अन्य विद्यार्थीहरूसँगै राखेर पढाइन्छ ।

शारीरिक रूपमा अशक्त बालबालिका शिक्षाबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले अन्य विद्यार्थीसँगै कक्षा कोठामा राखेर पठनपाठन गर्ने गरिएको पूर्णिमा आधारभूत विद्यालयका प्रधानाध्यापक लोकबहादुर वडायकले बताए । उनका अनुसार यस वर्ष मात्रै विद्यालयले चार जना अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा भर्ना गरेको छ ।

बालविकास कक्षामा अपाङ्गता भएका बालबालिकालाई पठनपाठनका लागि दातृ निकायको सहयोगमा छुट्टै शिक्षकको व्यवस्था गरिएको छ । ‘हामीले वडामा रहेका अपाङ्गता भएका बालबालिकाको पत्ता लगाएर विद्यालयमा भर्ना गर्न लगायौँ’, प्रधानाध्यापक वडायकले भने, ‘अरूलाई देखेर पनि बालबालिकाको मनोबल बढ्छ कि भनेर हामीले विद्यालयमा भर्ना गरेका हौँ ।’

विद्यालय भर्ना भएपछि बालबालिकामा सुधार आइरहेको उनको भनाइ छ । ‘कक्षा ५ मा एक जना बच्चा देख्न र बोल्न सक्दैनन्, तर पनि हामीले पढाइमा लगाव बढाउन उत्प्रेरित गरिरहेका छौँ’, वडायकले भने ।

अपाङ्गता भएकै कारण घरको कोठाबाट बाहिर आउन नसक्ने लालझाडी गाउँपालिका– ३ बल्मीका मयन्क राना हाल कक्षा कोठामा अन्य विद्यार्थीसँगै पढ्छन् । ‘मैले त छोरा यसरी विद्यालयमा भर्ना होला भन्ने कल्पनासमेत गरेकी थिएन’, आमा श्रीमतु रानाले भनिन्, ‘हाल छोरा अलिअलि हिँड्छ, विद्यालयमा भर्ना भएको छ  । विद्यालयमा ल्याउने र लैजाने काम आफैँले गरिरहेकी छु ।’

उनले छोराको खुट्टामा समस्या भएका कारण विगतमा हिँडडुल गर्न सक्दैन भनेर घरमै राख्ने गरेको भए पनि नजिकैको विद्यालयले भर्ना लिने र पढाउने भनेपछि हाल केही सहज भएको भन्दै खुसी व्यक्त गरिन् ।

हाल उक्त विद्यालयको बालविकास कक्षामा तीन जना अपाङ्गता भएका बालबालिका छन् ।

यहाँको भानु माध्यमिक विद्यालयमा पनि अपाङ्गता भएका विद्यार्थीलाई अन्य विद्यार्थीसँगै राखेर अध्यापन गरिँदै आइएको छ । विद्यालयका प्रधानाध्यापक वेदप्रसाद उपाध्यायले हाल अपाङ्गता भएका विद्यार्थीलाई लक्षित कक्षा कोठा व्यवस्थापन गरेर पठनपाठन भइरहेको जानकारी दिए ।

उनले भने, ‘कक्षामा कम सुन्ने, पछाडिबाट बोर्डमा लेखेको नदेख्ने र शारीरिक अपाङ्गता भएका विद्यार्थीलाई कक्षामा छुट्टै बस्ने व्यवस्थापन गरेर पठनपाठन गराइरहेका छौँ ।’ यहाँ २३ जना अपाङ्गता भएका विद्यार्थीले अध्ययन गर्ने अवसर पाएका छन् ।

सामान्यतः अपाङ्ता भएका बालबालिकाका लागि छुट्टै विद्यालय हुनुपर्ने व्यवस्था छ, तर यस क्षेत्रमा त्यस्तो विद्यालय छैन । यहाँका दुई विद्यालयले अन्य विद्यार्थीसँगै राखेर अपाङ्गता भएका बालबालिकालाई पनि अध्ययन गराउन थालेपछि केही सहज भएको छ । (रासस)

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ८ : ०२ बजे

पहिलो अभ्यास खेलमा नेपाल ‘ए’ पराजित

काठमाडौं– टी–२० श्रृङ्खलाअन्तर्गत भारतको आसामबीच भएको पहिलो खेलमा नेपाल ‘ए’

अमेरिकासँगको तनावबीच मोदी जापान जाने, समकक्षी इसिबासँग भेट गर्ने

नयाँ दिल्ली- जापानका लागि भारतका राजदूत सिबी जर्जले अमेरिकासँगको तनावपूर्ण

सुदूरपश्चिम लगानी सम्मेलनबारे सरोकारवालासँग उद्योग मन्त्रालयमा अन्तरक्रिया

काठमाडौं– आगामी मंसिर महिनामा आयोजना हुने सुदूरपश्चिम प्रदेश लगानी तथा विकास

वर्षायाममा सधैँ जोखिमपूर्ण पृथ्वीराजमार्गको यात्रा

मलेखु– कतै पिच, कतै ढलान झट्ट हेर्दा कस्तो राम्रो सडक

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

सुर्खेत– वीरेन्द्रनगर नगरपालिका-६ सनिहल लाईनस्थित गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७