किसानले उत्पादनको उचित मूल्य पाउने वातावरण बनाउनुपर्‍यो : डिला संग्रौला « Khabarhub

किसानले उत्पादनको उचित मूल्य पाउने वातावरण बनाउनुपर्‍यो : डिला संग्रौला


१२ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले श्वेतपत्र जारी गरेर किसानले उत्पादनको उचित मूल्य पाउने वातावरण बनाउन सरकारसँग आग्रह गरेकी छन् । 

उनले बिहीबार विज्ञप्ति जारी गरेर स्वेतपत्रमार्फत् देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने कार्य योजना ल्याउन पनि आग्रह गरेकी छन् । 

‘सरकारले किसानका समस्याहरूका बारेमा एक श्वेतपत्र प्रकाशित गरी किसानहरूले उत्पादनको उचित मूल्य पाउने वातावरण बनाउन र देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने कार्य योजना ल्याउन म आग्रह गर्दछु,’ संग्रौलाले लेखेकी छन् ।  

कृषिप्रधान मुलुक नेपालमा राज्यले किसानहरूलाई सक्दो सहुलियत दिनुपर्ने उनको भनाइ छ । किसानको उत्पादनले उचित मूल्य पाउने र बिचौलियाले फाइदा उठाउन नपाउने सुनिश्चितता गर्नुपर्ने नेतृ संग्रौलाको जोड छ ।

प्रकाशित मिति : १२ भदौ २०८२, बिहिबार  ११ : १६ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म