किसानले उत्पादनको उचित मूल्य पाउने वातावरण बनाउनुपर्‍यो : डिला संग्रौला « Khabarhub

किसानले उत्पादनको उचित मूल्य पाउने वातावरण बनाउनुपर्‍यो : डिला संग्रौला


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले श्वेतपत्र जारी गरेर किसानले उत्पादनको उचित मूल्य पाउने वातावरण बनाउन सरकारसँग आग्रह गरेकी छन् । 

उनले बिहीबार विज्ञप्ति जारी गरेर स्वेतपत्रमार्फत् देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने कार्य योजना ल्याउन पनि आग्रह गरेकी छन् । 

‘सरकारले किसानका समस्याहरूका बारेमा एक श्वेतपत्र प्रकाशित गरी किसानहरूले उत्पादनको उचित मूल्य पाउने वातावरण बनाउन र देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने कार्य योजना ल्याउन म आग्रह गर्दछु,’ संग्रौलाले लेखेकी छन् ।  

कृषिप्रधान मुलुक नेपालमा राज्यले किसानहरूलाई सक्दो सहुलियत दिनुपर्ने उनको भनाइ छ । किसानको उत्पादनले उचित मूल्य पाउने र बिचौलियाले फाइदा उठाउन नपाउने सुनिश्चितता गर्नुपर्ने नेतृ संग्रौलाको जोड छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ११ : १६ बजे

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय

केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट शैक्षिक संस्था र व्यक्तित्वलाई सम्मान

काठमाडौं- केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स

मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशको आन्तारिक

लेबनानमा रोकिएन इजरायलको विनाशकारी आक्रमण, कम्तीमा १८ जनाको मृत्यु

बेरुत- इरान-अमेरिका सम्झौतापछि पनि इजरायलले लेबनानमा बम बर्साउन छाडेको छैन।

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने