हिम स्टार ऊर्जाको शेयर नेप्सेमा सूचिकृत, कहिलेबाट आउँछ कारोबार ?  « Khabarhub

हिम स्टार ऊर्जाको शेयर नेप्सेमा सूचिकृत, कहिलेबाट आउँछ कारोबार ? 


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर स्वीकृत भएको छ । नेप्सेमा ‘हिमस्टार’ कारोबार संकेत कम्पनीले पाएको छ । 

नेप्सेले पहिलो कारोबारका लागि यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम ९९.१७ रुपैयाँ र अधिकतम २९७.५१ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । 

कम्पनीले आफ्नो चुक्ता पुँजीको ३० प्रतिशत, अर्थात् ११ करोड १९ लाख रुपैयाँ बराबरका ११ लाख १९ हजार कित्ता आईपीओ बिक्री गरेको छ । जसमा ५ प्रतिशत  १ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ८६ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्र लागि बिक्री गरेको हो ।  

त्यस्तै, कम्पनीको जारी पुँजीको २५ प्रतिशत अर्थात् ९ करोड ३२ लाख ५० हजार बराबरको ९ लाख ३२ हजार ५०० कित्ता शेयरमध्ये ९३ हजार २५० कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीहरूलाई बिक्री गरेको छ । कम्पनीले १८ हजार ६५० कित्ता कर्मचारीहरूलाई र ४६ हजार ६२५ कित्ता सामूहिक लगानी कोषका लागि बिक्री गरेको हो । 

कम्पनीले ७ लाख ७३ हजार ९७५ कित्ता शेयर भने सर्वसाधारणका लागि बिक्री बिक्री गरेको हो । 

कम्पनीले बुकु कापटी खोला जलविद्युत ५ मेघावाटको आयोजना सञ्चालन गरेको छ । आईपीओमा गरेको लगानी ७.१४ वर्षमा फिर्ता हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  १२ : ५४ बजे

सशस्त्र प्रहरीले एक वर्षमा १३ करोडभन्दा बढीको अवैध सामान बरामद

भद्रपुर– सशस्त्र प्रहरीले एक वर्षको अवधिमा रु १३ करोड बढी

मन्त्रिपरिषद्का ५ निर्णय: सुनसरी र सिरहामा मारिएका चारजना सहिद घोषित, एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच

भारतसँग सम्बन्ध सुधार्ने बङ्गलादेशको चाहना

ढाका- बङ्गलादेशले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र हितमा आधारित बनाउँदै

अनशनरत यादवको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशनरत विनय यादवको बिग्रँदो

ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन

सुनसरी– आर्थिक वर्ष २०८२-८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने