प्रचण्ड विराटनगर पुग्दा बुटवलमा एकसाथ देखिए जनार्दन र विप्लव | Khabarhub Khabarhub

प्रचण्ड विराटनगर पुग्दा बुटवलमा एकसाथ देखिए जनार्दन र विप्लव


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शक्ति संघर्ष चर्काइरहेका उपमहासचिव जनार्दन शर्मा प्रभाव र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच निकटता बढ्दै गएको छ ।

कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउने भन्दै जनार्दन र विप्लवले पटक पटक एक्ला एक्लै छलफल पनि गरिसकेका छन् ।

एक्ला एक्लै छलफलमा जुटेका जनार्दन र विप्लवसँग नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालसमेत जोडिएका छन् ।

गत साउन ६ गते पुष्पलाल जयन्तीका अवसरमा स्कुल अफ मार्क्सिज्मले आयोजना गरेको ‘वर्तमान राजनीति र कम्युनिस्ट आन्दोलन’ विषयक बहसमा विप्लव, जनार्दन र भुसाल पहिलो पटक एकैठाउँ देखिए । त्यसयता उनीहरू निरन्तर मञ्च शेयर गरिरहेका छन् । साउन ६ को कार्यक्रममा एकै खालको विचार राखेका यी नेताहरूले वैकल्पिक कम्युनिस्ट शक्तिको बहस चर्काउँदै लगेका छन् ।

विप्लवले साउन ९ गते जनार्दन शर्मासँग ललितपुरस्थित बखुण्डोलमा एक्ला एक्लै भेटवार्ता गरे । शर्मासँगको भेटमा पार्टी एकता, वामपन्थी ध्रुवीकरण र साझा मोर्चा बनाउने विषयमा छलफल भएको विप्लवको सचिवालयले त्यसबेला जनाएको थियो ।

यी तीन नेताले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, समाजवादी अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्व क्षमताप्रति गम्भीर प्रश्न उठाउँदै आलोचना र विरोधसमेत गरिरहेका छन् ।

आन्तरिक रुपमा काठमाडौंमा पटक पटक तीन नेताले छलफलसमेत गरिसकेका छन् । उक्त छलफलपछि विप्लवले माओवादीसँग एकताको निर्णयबाट आफूलाई पछि हटाएका छन्। उनी आफ्नै नेतृत्वमा कम्युनिस्ट एकता केन्द्र निर्माणमा लागेका छन् । विप्लवसहितले वर्तमान शीर्ष नेतृत्व कम्युनिस्ट मूल्य-मान्यताबाट विचलित भइसकेको निष्कर्षसहित छलफल अघि बढाएका छन् ।

विप्लवले २०८४ को चुनावमा जाने निर्णय पनि गरेका छन् । उनी नेकपा महासचिव हुन् भने जनार्दन र घनश्याम आफ्नो दलमा दोस्रो तहका नेता मानिन्छन् । उनीहरूले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै विकल्प खोज्नुपर्ने साझा मत बनाएका हुन् ।

साउन ६ गतेदेखि बढेको निकटता बिहीबार बुटवल पुग्दा पनि निरन्तरता पायो । उनीहरू वर्तमान नेतृत्वको विकल्प खोज्ने गरी सामूहिक रुपमा सक्रिय भइरहेका छन् ।

काठमाडौँमा मञ्च शेयर गरेर नेतृत्वमाथि प्रश्न उठाइरहेका उनीहरू प्रदेश तहमा पनि एकसाथ झरेका छन् । यी तीनजना नेता बिहीबार बुटवलमा एकसाथ देखिए । सहिद बेपत्ता स्मृति प्रतिष्ठानले बिहीबार बुटवलस्थित एसियन होटेलमा गरेको अन्तरक्रिया कार्यक्रमका प्रमुख वक्ताका रूपमा उनीहरू सहभागी भए ।

कार्यक्रमम आयोजकले तीनैजना नेताहरूको तस्बिरसहित प्रचार सामग्री बनाएको थियो । ‘वर्तमान राजनीतिक सङ्कट र निकास’ शीर्षकमा गरिएको कार्यक्रममा तीनै नेताले धारणा राख्दैछन् ।

विप्लवले जनार्दनसँग निकटता बढाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हालै विप्लवलाई उनको निवासमै पुगेर भेटवार्ता गरेका थिए । ‘प्रचण्ड’ र नेकपाका महासचिव ‘विप्लव’बीच भदौ ९ गते हरिसिद्धिमा भेटवार्ता भएको थियो ।

पहिलो पटक प्रचण्ड विप्लवसँग भेट गर्न उनको निवास हरिसिद्धि पुगेका थिए । उक्त भेट गरेर प्रचण्डले जनार्दनसँग निकटता बढाइरहेका विप्लवलाई फकाउन खोजेका थिए । उक्त भेटमा दाहालले तत्काल पार्टी एकताको लागि आग्रह गरेको बताइएको थियो । तर विप्लव र जनार्दनबीच निरन्तर संवाद चलिरहँदा उनीहरू एकसाथ प्रदेश तहमा पनि उत्रिएका हुन् । साउन तेस्रो सात विप्लवसँग एकताको निर्णय गरेका प्रचण्ड अहिले जनार्दनका कारण तनावमा छन् ।

यसअघि एकताका लागि तयार विप्लवले जनार्दन र घनश्यामसँगको पटक पटकको संवादपछि अहिलेको नेतृत्वले काम नगर्ने निचोडसहित नयाँ कम्युनिस्ट केन्द्र बनाउने दिशामा लागेका हुन् । त्यहीकारण विप्लवलाई भित्र्याएर जनार्दनलाई ब्यालेन्समा राख्ने प्रचण्डको योजना पनि अहिले अलपत्र परेको छ।

विराटनगरतिर प्रचण्ड

जनार्दनमाथि निरन्तर आक्रमण गरिरहेका प्रचण्ड बिहीबार कोशी प्रदेशमा पुगे । कोशीमा पनि माओवादीभित्र जनार्दनको बलियो पकड छ । जनार्दन लुम्बिनीतिर लाग्दा प्रचण्ड भने माओवादी कोशी प्रदेश समिति सचिवालय बैठकमा भाग लिन बिहीबार विराटनगर पुगे ।

उनले विराटनगर पुगेर पनि उपमहासचिव शर्मामाथि आक्रमण गरे । दाहालले जनार्दन पक्षलाई स्वार्थ समूहको संज्ञा दिए।

विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले स्वार्थ समूहका एकदुई जनाले नपत्याउँदैमा माओवादी आन्दोलन नरोकिने जिकिर गरे ।

उपमहासचिव शर्माको नाम नै लिएर प्रचण्डले एक व्यक्तिले नपत्याउँदैमा आन्दोलन नरोकिने बताए । दाहालले जनार्दनलाई लक्षित गर्दै पार्टीविरुद्ध स्वार्थ समूहहरू सक्रिय भएको उल्लेख गरे ।

नेतृत्वको विषयमा पार्टीभित्रैका मान्छेले पत्याएका छैनन् नि भन्ने पत्रकारहरूको प्रश्नमा प्रचण्डले भने,‘एकजना प्रभाकरले नपत्याएर यो पार्टी, यो आन्दोलन र इतिहास रोकिँदैन ।’

प्रचण्डको साथमा हरिबोल गजुरेल, मातृकाप्रसाद यादव, सावित्री काफ्ले र अजम्बर काङमाङसहितका नेताहरू पनि विराटनगरमा छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  २ : ३१ बजे

एभरेस्ट महिला भलिबल: पोखराविरुद्ध काठमाडौं स्पाइकर्सको जित

काठमाडौं- एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले जित निकालेको

फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्ः आगामी युद्ध अन्तरिक्षबाट सुरु हुनेछ

पेरिस – रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति

अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैनः केपी ओली

भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार

छत्रकुमारी हत्या प्रकरणमा दुई जना पक्राउ

सिन्धुली – तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की थापाको हत्या प्रकरणमा

हिरासतबाट फरार दुई थुनुवा घरबाट पक्राउ

झापा- जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार दुई थुनुवा आज आफ्नै