अर्थमन्त्री भन्छन्- अहिलेको भन्दा शक्तिशाली सरकार ०८४ सम्म आउँदैन | Khabarhub Khabarhub

अर्थमन्त्री भन्छन्- अहिलेको भन्दा शक्तिशाली सरकार ०८४ सम्म आउँदैन


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

ललितपुर- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हालको प्रणालीमा सुधार गर्न ठूलो चुनौती रहेको बताएका छन्।

पूर्व योजनाकार मञ्च नेपालले बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बजेट निर्माण प्रक्रियामा सुधारको प्रयास गरिए पनि विभिन्न दबाब र जटिलताबीच अघि बढ्नुपरेको बताए।

‘अहिलेको हाम्रो प्रणालीमा रहेको समस्या सच्याउन खोज्दा ठूलो चुनौती छ। दुईवटा ठूला दलको शक्तिशाली सरकार छ, तर यसभन्दा शक्तिशाली सरकार २०८४ भित्र सम्भव छैन’, उनले भने, ‘परिवर्तनका लागि बल गरिएको छ तर व्यवहारिक कार्यान्वयनमा ठूलो संघर्ष भइरहेको छ।’

योजना र विनियोजनलाई जोड्नुपर्ने आवश्यकता औंल्याउँदै पौडेलले योजनालाई प्राथमिकता, उपभोक्ता र स्रोत व्यवस्थापनसँग जोड्नुपर्नेमा जोड दिए।

उनले राष्ट्रिय योजना आयोगमार्फत् योजना बैंकका नाममा कपी-पेस्ट गर्ने मात्र काम भएको बताए । तर वास्तविक प्राथमिकताका आधारमा योजना कार्यान्वयनमा जोड दिनुपर्ने समय आएको उनले बताए ।

लगानीका लागि अनुकूल वातावरण बनाउन कानुन संशोधन आवश्यक रहेको बताउँदै उनले अपेक्षित मात्रामा लगानी आकर्षित गर्न सरकार निरन्तर प्रयासरत रहेको स्पष्ट पारे।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ३ : २५ बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

जिनेभा – संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा

बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर – चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी

गौरापर्वको पहिलो दिन घरघरमा विरुडा राखियो

कञ्चनपुर – सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ

माओवादी केन्द्रले भन्यो : उखु किसानको सम्पूर्ण बक्यौता भुक्तानी गरियोस्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत उखु किसानको

पर्सामा पनि जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

पर्सा – पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् ।