अर्थमन्त्री भन्छन्- अहिलेको भन्दा शक्तिशाली सरकार ०८४ सम्म आउँदैन « Khabarhub

अर्थमन्त्री भन्छन्- अहिलेको भन्दा शक्तिशाली सरकार ०८४ सम्म आउँदैन


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

ललितपुर- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हालको प्रणालीमा सुधार गर्न ठूलो चुनौती रहेको बताएका छन्।

पूर्व योजनाकार मञ्च नेपालले बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बजेट निर्माण प्रक्रियामा सुधारको प्रयास गरिए पनि विभिन्न दबाब र जटिलताबीच अघि बढ्नुपरेको बताए।

‘अहिलेको हाम्रो प्रणालीमा रहेको समस्या सच्याउन खोज्दा ठूलो चुनौती छ। दुईवटा ठूला दलको शक्तिशाली सरकार छ, तर यसभन्दा शक्तिशाली सरकार २०८४ भित्र सम्भव छैन’, उनले भने, ‘परिवर्तनका लागि बल गरिएको छ तर व्यवहारिक कार्यान्वयनमा ठूलो संघर्ष भइरहेको छ।’

योजना र विनियोजनलाई जोड्नुपर्ने आवश्यकता औंल्याउँदै पौडेलले योजनालाई प्राथमिकता, उपभोक्ता र स्रोत व्यवस्थापनसँग जोड्नुपर्नेमा जोड दिए।

उनले राष्ट्रिय योजना आयोगमार्फत् योजना बैंकका नाममा कपी-पेस्ट गर्ने मात्र काम भएको बताए । तर वास्तविक प्राथमिकताका आधारमा योजना कार्यान्वयनमा जोड दिनुपर्ने समय आएको उनले बताए ।

लगानीका लागि अनुकूल वातावरण बनाउन कानुन संशोधन आवश्यक रहेको बताउँदै उनले अपेक्षित मात्रामा लगानी आकर्षित गर्न सरकार निरन्तर प्रयासरत रहेको स्पष्ट पारे।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ३ : २५ बजे

राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक

काठमाडौं- धवल शमशेर जबरा नयाँ पार्टी खोल्न गएयता राष्ट्रिय प्रजातन्त्र

ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ?

काठमाडौं– शनिबार हुन लागेका खेलहरूले उत्तर अमेरिकामा जारी विश्वकप अन्तर्त

चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउन सक्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय

केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट शैक्षिक संस्था र व्यक्तित्वलाई सम्मान

काठमाडौं- केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स