छलफलबाट सरकारले उखु किसानका माग सम्बोधन गर्नुपर्छ : गगन थापा « Khabarhub

छलफलबाट सरकारले उखु किसानका माग सम्बोधन गर्नुपर्छ : गगन थापा


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उखु किसानका माग सम्बोधन गरी समस्याको दीर्घकालीन समाधानका लागि सरकारले सरोकार भएका निकायसँग छलफल गर्नुपर्ने बताएका छन् ।

बिहीबार जनकपुरधाम विमानस्थलमा सङ्क्षिप्त कुराकानी गर्दै महामन्त्री थापाले उखुको उत्पादन बढाउने विषयमा सरकारले सरोकार भएका निकायसँग छलफल गरी आवश्यक पहल गर्नुपर्ने सुझाव दिए । सरकारले आन्दोलनमा रहेका उखु किसानका माग तत्कालै सम्बोधन गरी उनीहरूलाई उत्पादन वृद्धिमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

कृषि मन्त्रालयले किसानलाई अनुदानवापतको ७० रुपैयाँ उपलब्ध गराउन महामन्त्री थापाले आग्रह गरे। उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र कांग्रेसको सहकार्यमा बनेको वर्तमान सरकारमा केही असमानता रहे पनि सरकार परिवर्तन नहुने उल्लेख गरे ।

उखुको मूल्य तोक्न ढिलाइ गर्ने, भुक्तानीमा समस्या हुने, अनुदान नपाउनेलगायत किसानसँग जोडिएका समस्या दीर्घकालीन रूपमा समाधान गर्न तत्काल छलफलका माध्यमबाट उपाय खोज्नुपर्ने उनको भनाइ छ । उखु किसानद्वारा गरिएको आन्दोलनलाई प्रधानमन्त्री र अर्थमन्त्रीले कुनै प्रतिष्ठाको विषय नबनाउने हो आजै समस्या समाधान हुने उनले धारणा राखे ।

‘चालु आर्थिक वर्षमा अनुदानका लागि दुई अर्ब बजेट छुट्याइएको छ । कृषकलाई अनुदान उपलब्ध गराउन उक्त रकम छुट्टाइएकाले समस्या समाधान गर्न कुनै द्विविधा छैन’, थापाले भने। उनले किसानका माग पूरा गरी दीर्घकालीन रूपमा समस्या समाधान गर्न सरकारले छलफल गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ४ : ४९ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने