खोलाले बगाएर एक बालिकाको मृत्यु, एक युवा बेपत्ता « Khabarhub

खोलाले बगाएर एक बालिकाको मृत्यु, एक युवा बेपत्ता


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– पनौती नगरपालिका–१ स्थित देबार खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ भने एक युवा सुनकोशी नदीमा बेपत्ता भएका छन् । 

इलाका कार्यालय प्रमुख इन्चार्ज प्रहरी नायब उपरीक्षक रामेश्वर त्वाँतीका अनुसार खोलाले बगाएको करिब ११ वर्षीया बालिकाको शव बिहीबार साँझ ५ः०० बजे भेटिएको हो । पहिचान खुल्न नसकेको उक्त घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ । मृतक बालिकाको शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ ।
 
त्यसैगरी, काभ्रेपलाञ्चोकको दोलालघाटस्थत भोटेकोशी नदीमा एक युवा बिहीबार दिउँसोदेखि बेपत्ता भएका छन् । भुम्लु गाउँपालिका–१ रिठ्ठेका २३ वर्षीय महेश दर्जीलाई भोटेकोशीले बगाएको हो । 

दर्जीलाई नदीमा पसेको आफ्नो कुकर जोगाउने क्रममा नदीले बगाएको जनाइएको छ । प्रहरीका अनुसार भुम्लु–८ स्थित दुलालेश्वर मन्दिर नजिकै बस्दै आएका दर्जीको सशस्त्र प्रहरी र जनपद प्रहरीको टोलीद्वारा खोजीकार्य भइरहेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ६ : २८ बजे

स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

वालिङ– स्याङ्जाबाट यस वर्ष एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल पुस १८ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १८ गते शुक्रबार तदनुसार

निर्वाचन आउन ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको