राष्ट्रियसभा बैठकमा आज अर्थमन्त्रीले जवाफ दिने « Khabarhub

राष्ट्रियसभा बैठकमा आज अर्थमन्त्रीले जवाफ दिने


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा बैठक बस्दै छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः१५ बजेबाट सुरु हुनेछ ।
 
आजको बैठकमा अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिने तय भएको छ भने विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सबन्धी विधायन ब्यवस्था समितिको प्रतिवेदन पेश गर्ने छिन् ।

राष्ट्रियसभाको सचिव डा. सुरेन्द्र अर्यालले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन् भने संस्कृति पर्यटन तथा उड्डयन मन्त्री  बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

साथै, सञ्चार सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
 

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ७ : ०० बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको