रेशम चौधरीको अभिव्यक्तिप्रति थरुहट थारूवान संघर्ष समितिको आपत्ति | Khabarhub Khabarhub

रेशम चौधरीको अभिव्यक्तिप्रति थरुहट थारूवान संघर्ष समितिको आपत्ति


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– थरुहट थारूवान संयुक्त संघर्ष समितिले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले थारू समुदायका नेताहरूविरूद्ध दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । 

नेपाल मगर संघका पूर्व अध्यक्ष स्व. गोरे बहादुर खपाङ्गी मगरको स्मृति दिवसको अवसरमा नेपाल मगर संघद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा चौधरीले दिएको अभिव्यक्तिप्रति संघर्ष समितिले आपत्ति जनाएको हो । 

मन्तव्यको क्रममा संरक्षक चौधरीले आफूलाई थारू नेताहरूले कारागार पठाएको अभिव्यक्ति दिएका थिए ।

 ‘मलाई थारू नेताहरूले झ्यालखाना पठाए भन्ने दिएको आरोपयुक्त अभिव्यक्ति प्रति थरुहट थारूवान संयुक्त सङ्घर्ष समितिको गम्भिर ध्यानाकर्षण भएको छ,’ संयोजक प्रेमीलाल चौधरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

टीकापुर घटनाबारे गृशचन्द्र लाल संयोजकत्वको उच्चस्तरीय न्यायिक समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राख्दै सङ्घर्षरत थारू नेताहरूमाथि थरूहट आन्दोलनको मूल मर्म र भावनाविपरीत गम्भिर प्रहार गर्दै चौधरीले लगाएको निराधार आरोप कदापि सैह्य नहुने उनले उल्लेख गरेका छन् । 

चौधरी स्वयम् जेलमा रहँदासहित सम्पूर्ण राजबन्दीहरूको निःशर्त रिहाइका लागि सशक्त आवाज उठाउने थारू नेताहरूमाथि नै निराधार आरोप लगाउनु उनको राजनीतिक बेइमानी भएको संघर्ष समितिको ठहर छ । 

समितिले नाउपाका संरक्षक चौधरीलाई आफ्नो अभिव्यक्ति तुरुन्त फिर्ता लिएर सार्वजनिक रूपमै माफी माग्न भनेको छ । 

‘अब उप्रान्त यस किसिमको गैरजिम्मेवारी अभिव्यक्ति नदिन सचेत एवं सजग गराउँदै गलत आरोप सच्याई अभिव्यक्ति तुरून्त फिर्ता लिई सार्वजनीक रूपमै माफी माग्न थरुहट थारूवान संयुक्त संघर्ष समिति आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १० : ४८ बजे

विश्वव्यापी शासन प्रणालीलाई अझ प्रभावकारी र कुशल बनाउनुपर्छः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र सङ्घलाई केन्द्रमा

प्रचण्ड भन्छन् : देशलाई योगदान गर्नेलाई अझै राम्रो गर्न प्रेरित गरौँ

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

गाजामा सर्वसाधारणको मृत्युको एससिओद्वारा ‘कडा निन्दा’

थ्यानचिन – चीन, भारत, रुस र इरानसहितका साङ्घाई कोअपरेसन अर्गनाइजेसन

एमालेमा एकछत्र पकड बनाउने ओलीको योजना, भण्डारी पक्षले फरक दस्तावेज ल्याउने

काठमाडौं– सत्तारुढ दल नेकपा एमालेले विधान महाधिवेशनको तयारी तीव्र पारेको

सुदूरपश्चिमका सडकमा पहिरो पन्छाइ यातायात सञ्चालन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशमा अवरुद्ध सडकका पहिरो पन्छाइ यातायात सञ्चालन गरिएको