चन्द्रकुवेर खापुङ नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त | Khabarhub Khabarhub

चन्द्रकुवेर खापुङ नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् ।

शुक्रबार मध्यान्ह बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो वरीयतामा रहेका अतिरिक्त महानिरीक्षक (एआईजी) खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षक बनाउने निर्णय गरेको हो ।

वर्तमान प्रहरी महानिरीक्षक दीपक थापा अगामी भदौ १८ गतेबाट अनिवार्य अवकाशमा जाँदैछन् ।

यस्तोमा खापुङलाई नयाँ आईजीपी बनाइएको हो । नवनियुक्त आईजीपी खापुङले अगामी भदौ १९ गतेदेखि कार्यभार सम्हाल्ने छन् । खापुङको कार्यकाल अहिलेसम्कै छोटो रहनेछ । प्रहरी नियमावलीअनुसार उनी २६ कात्तिकमा अवकाशमा जानेछन् ।

यसअघि महानिरीक्षक थापाले आफ्नो कार्यकाल लम्ब्याउन जोडबल गरे पनि सफल हुन सकेनन् ।

प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणमा जाँदैछन् । चीन जानुअघि नै नयाँ आईजीपीमा खापुङलाई नियुक्त गरिएको हो ।

वर्तमान प्रहरी महानिरीक्षक दीपक थापा १८ भदौ राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाँदैछन् । प्रहरी नियमावलीमा उल्लेख ३० वर्षे सेवा अवधिका कारण उनी अनिवार्य अवकाश जान लागेका हुन् ।

१९ भदौ २०५१ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा भर्ना भएका थापा ५ चैत २०८१ मा आईजीपी भएका थिए । उनी ६ महिना प्रहरी प्रमुख बने । अब खापुङले उनलाई विस्थापित गरेका छन् ।

खापुङ ३२ औँ आईजीपीका लागि आफ्नो ब्याचका एकल प्रतिस्पर्धी हुन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को निर्देशक रहेका खापुङले वर्तमान आईजीपी थापासँगै इन्स्पेक्टर भर्नामा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १२ : ४७ बजे

सोलुखुम्बुको थामेखोलाले पाँच घर बगायो

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आएको बाढीले

नेपालले जित्यो आसामविरुद्धको सिरिज

काठमाडौं – भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी-२० शृंखला नेपाल

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८०० नाघ्यो

अफगानिस्तान – अफगानिस्तानको दुर्गम, पहाडी क्षेत्रमा शक्तिशाली भूकम्पमा परी मृत्यु

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

काठमाडौं – साङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनको

थियान्चिनबाट एसीओले विश्वलाई दिएको सन्देश

काठमाडौं– अहिले चीनको थियान्चिन शहरमा विश्वका प्रभावशाली नेताहरुको जमघट छ