बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ « Khabarhub

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंकिङ कसूर मुद्दाका तीन जना फरार प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका-१ सिर्जनानगर बस्ने धनुषा मिथिला नगरपालिका-८ घर भएका ४२ वर्षीया अम्बिका कुमारी रिजाल, काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ आरूबारी बस्ने सर्लाही बरहथवा नगरपालिका-७ घर भएका ३५ वर्षीय विक्रम कुमार दमाई र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ काँडाघारी बस्ने बैतडी पाटन नगरपालिका-६ घर भएका ४३ वर्षीय जय सिंह भण्डारी रहेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बैंकिङ कसूर मुद्दामा विभिन्न अदालतबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनीहरूमध्ये अम्बिकालाई भक्तपुर नगरपालिका-१ सिर्जनानगरबाट, विक्रमलाई काठमाडौं महानगरपालिका-१४ कलंकीबाट र जय सिंहलाई काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट पक्राउ गरेको हो ।

उनीहरूमध्ये अम्बिकालाई जिल्ला प्रहरी परिसर काठमाडौं, विक्रमलाई प्रहरी वृत्त बौद्ध र जय सिंहलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा थप अनुसन्धान तथा कारबाहीको लागि पठाइएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १२ : ४५ बजे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्: आकस्मिक परिस्थितिका लागि कदम चाल्न तयार छौँ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इजरायल र अमेरिकाद्वारा इरानमाथि आक्रमणपछि मध्यपूर्व

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटमार्फत अवलम्बन गरिने करका

मतदातालाई प्रधानमन्त्रीको अपिल : काम छोडेर भए पनि भोट हाल्न जानूस् (सम्बोधनको पूर्णपाठ)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा

इजरायल–इरान द्वन्द्व मध्यपूर्वभर फैलियो

एजेन्सी– इजरायलले इरान समर्थित हिजबुल्लाहका लक्ष्यहरूमा लेबनानभरि व्यापक बमबारी गरेपछि

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने करका