संसद्‍मा रास्वपाले भन्यो- लिपुलेकबारे शिष्टाचारले काम भएन, भारतसँग दृढ भएर कुरा गरौँ « Khabarhub

संसद्‍मा रास्वपाले भन्यो- लिपुलेकबारे शिष्टाचारले काम भएन, भारतसँग दृढ भएर कुरा गरौँ


१३ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, लिपुलेक र कालापनी नेपाली भूभागका रुपमा रहेका कुराले प्रमाणले देखाइसकेको बताएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सन् १८१६ को सुगौली सन्धिबाटै नेपालको सीमा काली नदीको पूर्वतर्फ हुने प्रष्ट भएको कुरामा कुनै द्विविधा नरहेको बताए। ‘कयौँ नक्साले काली नदीको मूल स्रोत लिम्पियाधुरा नै हो भन्ने देखाइसकेका छन्,’ उनले भने।

सांसद पराजुलीले नेपालको भूभागमाथि कुनै अन्य राष्ट्रले गर्ने सम्झौता वैधानिक नहुने स्पष्ट गर्दै चीन र भारतबीच भएको लिपुलेक मार्ग प्रयोगसम्बन्धी सहमति अन्तर्राष्ट्रिय मापदण्डविपरीत रहेको टिप्पणी गरे।

उनले भियाना कन्भेन्सन अफ ल अफ ट्रिटीले पनि कुनै देशको सहमतिबिना मञ्जुरी नदिने प्रावधान रहेको उदाहरण दिँदै सरकारलाई शिष्टाचारमा सीमित नभई दृढ र परिणाममुखी छलफल गर्न आग्रह गरे।

प्रकाशित मिति : १३ भदौ २०८२, शुक्रबार  १ : २४ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली