संसद्‍मा रास्वपाले भन्यो- लिपुलेकबारे शिष्टाचारले काम भएन, भारतसँग दृढ भएर कुरा गरौँ « Khabarhub

संसद्‍मा रास्वपाले भन्यो- लिपुलेकबारे शिष्टाचारले काम भएन, भारतसँग दृढ भएर कुरा गरौँ


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, लिपुलेक र कालापनी नेपाली भूभागका रुपमा रहेका कुराले प्रमाणले देखाइसकेको बताएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सन् १८१६ को सुगौली सन्धिबाटै नेपालको सीमा काली नदीको पूर्वतर्फ हुने प्रष्ट भएको कुरामा कुनै द्विविधा नरहेको बताए। ‘कयौँ नक्साले काली नदीको मूल स्रोत लिम्पियाधुरा नै हो भन्ने देखाइसकेका छन्,’ उनले भने।

सांसद पराजुलीले नेपालको भूभागमाथि कुनै अन्य राष्ट्रले गर्ने सम्झौता वैधानिक नहुने स्पष्ट गर्दै चीन र भारतबीच भएको लिपुलेक मार्ग प्रयोगसम्बन्धी सहमति अन्तर्राष्ट्रिय मापदण्डविपरीत रहेको टिप्पणी गरे।

उनले भियाना कन्भेन्सन अफ ल अफ ट्रिटीले पनि कुनै देशको सहमतिबिना मञ्जुरी नदिने प्रावधान रहेको उदाहरण दिँदै सरकारलाई शिष्टाचारमा सीमित नभई दृढ र परिणाममुखी छलफल गर्न आग्रह गरे।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १ : २४ बजे

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय

केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट शैक्षिक संस्था र व्यक्तित्वलाई सम्मान

काठमाडौं- केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स

मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशको आन्तारिक

लेबनानमा रोकिएन इजरायलको विनाशकारी आक्रमण, कम्तीमा १८ जनाको मृत्यु

बेरुत- इरान-अमेरिका सम्झौतापछि पनि इजरायलले लेबनानमा बम बर्साउन छाडेको छैन।

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने