राजुनाथलाई सांसद यादवको जवाफ- रंगले नेपाली हुने होइन, कवाड व्यवसायीबारेको अभिव्यक्तिप्रति माफी माग्नू | Khabarhub Khabarhub

राजुनाथलाई सांसद यादवको जवाफ- रंगले नेपाली हुने होइन, कवाड व्यवसायीबारेको अभिव्यक्तिप्रति माफी माग्नू


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी सांसद नागिना यादवले काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले कवाड व्यवसायीमाथि रंगभेदी व्यवहार गरेको भन्दै आपत्ति जनाएकी छन् । 

 प्रतिनिधिसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले आन्दोलनरत कवाड व्यवसायीमाथि पाण्डेले रंगभेद गरेको भन्दै आपत्ति जनाएकी हुन् । 

‘महानगरका प्रहरी प्रमुखले जुन नेपाली भनेको गोरामात्रै हुन्, काला नेपाली होइनन् भनेर कवाडी व्यवसायीहरूलाई भनेको अभिव्यक्ति एकदम खेदजनक छ,’ सांसद यादवले भनिन्, ‘रंगले नेपाली हुने होइन । मान्छेको आफ्नो आइडेन्टिटी जन्मस्थलले नेपाली हुने हो ।’

उनले महानगर प्रहरी प्रमुख पाण्डेले आफूले दिएको अभिव्यक्तिप्रति माफी माग्नुपर्ने पनि बताइन् । ‘हिमालमा पनि काला छन्, तराईमा पनि काला छन् । त्यो वातावरणले असर गर्ने हो,’ सांसद यादवले भनिन्, ‘जुन अभिव्यक्ति महानगर प्रहरी प्रमुखले दिनुभएको छ, यो एक दम निन्दनीय छ । यस्ता अभिव्यक्तिप्रति उहाँले माफी माग्नुपर्छ ।’

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  २ : ११ बजे

सोलुखुम्बुको थामेखोलाले पाँच घर बगायो

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आएको बाढीले

नेपालले जित्यो आसामविरुद्धको सिरिज

काठमाडौं – भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी-२० शृंखला नेपाल

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८०० नाघ्यो

अफगानिस्तान – अफगानिस्तानको दुर्गम, पहाडी क्षेत्रमा शक्तिशाली भूकम्पमा परी मृत्यु

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

काठमाडौं – साङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनको

थियान्चिनबाट एसीओले विश्वलाई दिएको सन्देश

काठमाडौं– अहिले चीनको थियान्चिन शहरमा विश्वका प्रभावशाली नेताहरुको जमघट छ