राजुनाथलाई सांसद यादवको जवाफ- रंगले नेपाली हुने होइन, कवाड व्यवसायीबारेको अभिव्यक्तिप्रति माफी माग्नू « Khabarhub

राजुनाथलाई सांसद यादवको जवाफ- रंगले नेपाली हुने होइन, कवाड व्यवसायीबारेको अभिव्यक्तिप्रति माफी माग्नू


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी सांसद नागिना यादवले काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले कवाड व्यवसायीमाथि रंगभेदी व्यवहार गरेको भन्दै आपत्ति जनाएकी छन् । 

 प्रतिनिधिसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले आन्दोलनरत कवाड व्यवसायीमाथि पाण्डेले रंगभेद गरेको भन्दै आपत्ति जनाएकी हुन् । 

‘महानगरका प्रहरी प्रमुखले जुन नेपाली भनेको गोरामात्रै हुन्, काला नेपाली होइनन् भनेर कवाडी व्यवसायीहरूलाई भनेको अभिव्यक्ति एकदम खेदजनक छ,’ सांसद यादवले भनिन्, ‘रंगले नेपाली हुने होइन । मान्छेको आफ्नो आइडेन्टिटी जन्मस्थलले नेपाली हुने हो ।’

उनले महानगर प्रहरी प्रमुख पाण्डेले आफूले दिएको अभिव्यक्तिप्रति माफी माग्नुपर्ने पनि बताइन् । ‘हिमालमा पनि काला छन्, तराईमा पनि काला छन् । त्यो वातावरणले असर गर्ने हो,’ सांसद यादवले भनिन्, ‘जुन अभिव्यक्ति महानगर प्रहरी प्रमुखले दिनुभएको छ, यो एक दम निन्दनीय छ । यस्ता अभिव्यक्तिप्रति उहाँले माफी माग्नुपर्छ ।’

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  २ : ११ बजे

चिनियाँ राष्ट्रपतिले राखे सीपीसीको उच्चस्तरीय बैठक, नेपालमा राहत पठाउने निर्णय

बेइजिङ- नेपालसँग सीमा जोडिएको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रको केरुङ काउन्टीमा

टोखा नगरले एक करोड २० लाख प्रदान गर्ने

काठमाडौं– टोखा नगरपालिकाले भोटेकोशी बाढी प्रभावितको सहायतार्थ एक करोड २०

पहिरोपछि बनेको अस्थायी ताल फुट्यो, प्रहरीले भन्यो : उद्धार रोकेर सुरक्षित स्थानमा जानू

काठमाडौं- नेपाल–चीन सीमा क्षेत्रमा पहिरोपछि बनेको अस्थायी ताल फुटेपछि चीनले

हाइड्रोको सुरुङमा फसेकालाई यसरी निकाल्यो सेनाले

काठमाडौं– रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन– रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव