सार्वजनिक बिदा दिने देशहरूको सूचीमा नेपाल पहिलो, रामहरिले भने- बिदा कटौती गरौँ   « Khabarhub

सार्वजनिक बिदा दिने देशहरूको सूचीमा नेपाल पहिलो, रामहरिले भने- बिदा कटौती गरौँ  


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारलाई सार्वजनिक बिदा घटाउन सुझाव दिएका छन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य समयमा उनले सरकारलाई सार्वजनिक बिदा कटौती गर्न सुझाव दिएका हुन् ।
 
सांसद खतिवडाले नेपाल सार्वजनिक बिदा दिने राष्ट्रकै पहिलो नम्बरमा देखिएको पनि संसद्लाई जानकारी गराए ।  

‘नेपाल पब्लिक होलिडे दिनेमा संसारकै पहिलो नम्बरमा परेछ । बिदालाई अलिकता कम गर्नुपर्‍यो,’ उनले भने, ‘त्यतातिर सरकारले ध्यान दिएर अध्ययन गरेर अगाडि बढोस् ।’ 

सांसद खतिवडाले संसदमा दिएका जानकारीअनुसार नेपालको छिमेकी मुलुक भारत सार्वजनिक बिदा दिने देशहरूको सूचीको सातौँ नम्बरमा छ । 

उनका अनुसार नेपालपछि दोस्रोमा इरान, तेस्रोमा म्यानमार, चौथोमा श्रीलंका, पाँचौँमा बंगलादेश र छैठौँमा कम्बोडिया देखिन्छ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  २ : २४ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने