चीन भ्रमणबारे सदनलाई जानकारी गराउँदै प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

चीन भ्रमणबारे सदनलाई जानकारी गराउँदै प्रधानमन्त्री ओली


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी दिएका छन् । शुक्रबारको बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो पाँच दिने चीन भ्रमणबारे जानकारी दिएका हुन् । 

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिन फिङको मैत्रीपूर्ण निमन्त्रणमा भदौ १४ गते नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जान लागेको बताए । 

‘यस भ्रमणको उद्देश्य चीनको तियामजिङ सहरमा आयोजना हुने संघाई सहयोग संगठनको शिखर सम्मेलनमा भाग लिनु हो,’ उनले भने ।

शांघाई सहयोग संगठन (एससीओ) सन् २००१ मा स्थापना गरिएको विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठनहरूमध्ये एकको रूपमा विकसित भइसकेको प्रधानमन्त्रीले बताए ।

चीन, रूस, भारत, पाकिस्तान, काजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, इरान, र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू हुन् । यस्तै अफगानिस्तान र मंगोलिया पर्यवेक्षक राष्ट्रहरूमा पर्छन् ।

नेपालसहित टर्की, श्रीलंका, अजरबैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स शाङ्घाई सहयोग संगठनका संवाद साझेदारहरू (डायलग पार्टनर) रहेका प्रधानमन्त्रीले जानकारी दिए ।

उनले भ्रमणका क्रममा चीनका राष्ट्रपति सीसँग आफ्नो दुई पक्षीय भेट हुने कार्यक्रम रहेको पनि बताए । ‘बेइजिङमा चीनका महामहिम उपराष्ट्रपति श्री हान चङ्गसँग पनि मेरो भेट हुनेछ। चीनका महामहिम राष्ट्रपति र उपराष्ट्पतिले दिनुहुने छुट्टाछुट्टै रात्रिभोजमा समेत हामी सहभागी हुनेछौँ,’ प्रधानमन्त्रीले भने ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  २ : ३० बजे

सोलुखुम्बुको थामेखोलाले पाँच घर बगायो

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आएको बाढीले

नेपालले जित्यो आसामविरुद्धको सिरिज

काठमाडौं – भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी-२० शृंखला नेपाल

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८०० नाघ्यो

अफगानिस्तान – अफगानिस्तानको दुर्गम, पहाडी क्षेत्रमा शक्तिशाली भूकम्पमा परी मृत्यु

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

काठमाडौं – साङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनको

थियान्चिनबाट एसीओले विश्वलाई दिएको सन्देश

काठमाडौं– अहिले चीनको थियान्चिन शहरमा विश्वका प्रभावशाली नेताहरुको जमघट छ