पाकिस्तानी लडाकु विमान खसालेको भारतीय दाबी « Khabarhub

पाकिस्तानी लडाकु विमान खसालेको भारतीय दाबी


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले पाकिस्तानको लडाकु विमान खसालेको दाबी गरेको छ ।

अमेरिकामा निर्मित एफ १६ लडाकु विमान खसालेको दाबी गरेको हो । भारतले पाकिस्तानको सीमाभित्र ३ किलोमिटको दूरीमा भारतीय सेनाले पाकिस्तानको लडाकु विमान खसालेको दाबी गरेको हो ।

त्यसअघि पाकिस्तानले पनि रुसमा निर्मित मिग १७ नामक भारतीय लडाकु विमान खसालेको दाबी गरेको थियो । त्यस क्रममा दुई एक जना पाइलटलाई नियन्त्रणमा लिएको दाबी पाकिस्तानका सेनाका प्रवक्त मेजर जनरल आशिफ गफुरले दाबी गरेका छन् ।

तर, भारतीय सञ्चारमाध्यमहरुले भने दुईवटा भारतीय लडाकु विमान दुर्घटनामा परेको र दुई जना पाइलटको मृत्यु भएको दाबी गरेको छ ।

पछिल्लो समय भारत र पाकिस्तानबीच तनाव खतरनाक स्तरमा पुग्दै गर्दा दुबै मुलुकको एक अर्काको लडाकु विमान खसालेको दाबी गरेका हुन् ।

यद्यपि दुबै मुलुकले गरेको दाबीको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  १२ : ५० बजे

सभामुख अर्यालको आह्वान : ‘जलवायु संसदीय कूटनीति’ सुरु गरौँ

काठमाडौँ – सभामुख डीपी अर्यालले अन्तर–व्यवस्थापिका संघको १५३औँ सभालाई सम्बोधन गर्दै

सभापतिमा उम्मेदवारी दर्ता गर्दै गगनले भने : सबैलाई स्पेस दिन्छु

काठमाडौं- नेपाली कांग्रेसको सभापति पदका लागि गगन कुमार थापाले उम्मेदवारी

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत