सङ्क्रमकालीन न्याय छिटो दिन सरकार निरन्तर लागिरहेको छ : मन्त्री चौरसिया « Khabarhub

सङ्क्रमकालीन न्याय छिटो दिन सरकार निरन्तर लागिरहेको छ : मन्त्री चौरसिया


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सङ्क्रमकालीन न्याय छिटो दिन सरकार निरन्तर लागिरहेको बताएका छन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले बलपूर्वक बेपत्ता पारिएका पीडितको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री चौरसियाले भने, ‘ऐन संशोधन भएपछि दुवै आयोगमा पदाधिकारी आएका छन्, नियमावली संशोधनको अन्तिम चरण छ, मन्त्रिपरिषद्मा पुगेको छ, छिटो न्याय दिन काम गर्नुस्, सरकार सहयोग गर्न तयार छ ।’

सङ्क्रमणकालीन न्यायसम्बधी ऐन संशोधन भएर सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारीसमेत आइसकेका छन् । मन्त्री चौरसियाले दुवै आयोगले तीव्र गतिमा काम अघि बढाउनुपर्ने र आवश्यक जनशक्तिका विषयमा छलफल भइरहेको बताए । उनले सरकारले दुवै आयोगलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यक्ति बेपत्ता पार्ने व्यक्तिलाई सरकारले कारबाही गर्नुपर्ने र पीडितलाई न्याय दिन माग गरे । उनले सङ्क्रमकालीन न्यायसम्बन्धी आयोगलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गडतौलाले सङ्क्रमणकालीन न्याय प्रक्रिया लामो भएको हुनाले द्वन्द्वका घाउमा मलम लगाउन ढिलाइ भएको स्वीकार गरिन् । 

उनले द्वन्द्वका समयमा बेपत्ता भएका व्यक्तिको तथ्याङ्कमा एकरूपता नभएकाले तथ्याङ्क एकरूपता गर्ने काम भइरहेको तथा तीव्र रूपमा काम गरिरहेको जानकारी दिइन् । 

सो अवसरमा कार्यक्रममा सहभागी पीडितहरूले न्याय प्रक्रियामा ढिलाइ भएको, प्रतीक्षा लामो भएकोलगायत गुनासो गरेका थिए । रासस

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ३ : ३३ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने