लिम्पियाधुरा-कालापानी समेटिएको नेपालको प्रतिवेदन राष्ट्रसङ्घमा « Khabarhub

लिम्पियाधुरा-कालापानी समेटिएको नेपालको प्रतिवेदन राष्ट्रसङ्घमा


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यसै वर्ष सरकारले संयुक्त राष्ट्रसंघलाई पठाएको एउटा दस्तावेजमा नेपालको कालापानी र लिम्पियाधुरा पनि समेटेको नक्सा राखेको पाइएको छ ।

जनवरी महिनामा सरकारले राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय (युएनएचसीआर) अन्तर्गतको ट्रिटी बडीलाई पठाएको ‘कमन कोर’ दस्तावेजमा नेपालको अद्यावधिक नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा पनि समेटिएको देखिएको हो ।

सो दस्तावेजमा नेपालको कुल क्षेत्रफल एक लाख ४८ हजार ७ वर्गकिलोमिटर रहेको उल्लेख छ । त्यसअघि सन् १९९४ जुन १४ (वि.सं. २०५१ जेठ ३१) मा पनि नेपालले यस्तै दस्तावेज पठाएको थियो ।

त्यसबेला नेपालका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री गिरिजाप्रसाद कोइराला थिए । गिरिजाको पालामा उक्त दस्तावजेमा नेपालको कुल क्षेत्रफल एक लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर रहेको उल्लेख गरिएको थियो ।

सन्‌ १९९४ मा नेपालले पठाएको कोर डकुमेन्टमा देशको क्षेत्रफलबारे उल्लेखित विवरण ।

काङ्ग्रेसकै सभापति शेरबहादुर देउवाकी पत्नी तथा नेतृ आरजु राणा देउवा परराष्ट्रमन्त्री रहँदा पेश गरिएको नयाँ कमन कोर डकुमेन्टमा लिम्पियाधुरा समेतको क्षेत्रफल र सो भूभाग समेटिएको नक्सा राखेर राष्ट्र सङ्घमा पठाइएको हो ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ५ : ५० बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने