नापी अधिकृतसँग करिब ६ करोड गैरकानुनी सम्पत्ति, पत्नी र दुई छोरालाई पनि मुद्दा « Khabarhub

नापी अधिकृतसँग करिब ६ करोड गैरकानुनी सम्पत्ति, पत्नी र दुई छोरालाई पनि मुद्दा


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भैरहवामा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको छ।

यादवले दशौँ वर्षसम्म निमित्त कार्यालय प्रमुखको हैसियतमा बसेर राजनीतिक तथा विभागीय प्रभाव प्रयोग गर्दै सरकारी सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने, प्लट मिलान गर्ने नाममा आर्थिक चलखेल गर्ने लगायतका गैरकानुनी गतिविधि गरेर अकुत कमाएको खुलेको छ।

अख्तियारको अनुसन्धानबाट यादवले २०५३ सालदेखि २०८१ सालसम्म सार्वजनिक पदमा रहेर जम्मा ९ करोड ३ लाख रुपैयाँ वैध आय आर्जन गरेका थिए ।

तर त्यही अवधिमा करिब १४ करोड ८३ लाख रुपैयाँ बराबरको सम्पत्ति खर्च तथा लगानी गरेको पाइएको आयोगले जनाएको छ।

यसरी आय र व्ययबीच ५ करोड ७९ लाख ६२ हजार रुपैयाँभन्दा बढीको स्रोत नखुलेको सम्पत्ति देखिएकाले उनीमाथि बिगो कायम गरी मुद्दा दायर गरिएको हो।

यादवले सम्पत्ति विवरण पेस गर्दा वास्तविक सम्पत्ति लुकाएर झुठा तथ्य समेटेर दिएकोसमेत आयोगको दाबी छ।

गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति पत्नी गायत्री यादव र छोराहरू सुधान्सु यादव र शुभम यादवका नाममा समेत खरिद गरेको प्रमाण फेला परेको अख्तियारले जनाएको छ ।

उनीहरूलाई पनि प्रतिवादी बनाएर सम्पत्ति जफत गर्ने प्रयोजनार्थ मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

आयोगले यादवलाई भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवाना सजायसहित गैरकानूनी सम्पत्ति जफत गर्न मागदाबी गरेको छ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ४ : ३५ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने