एमाले महाधिवेशन तयारी गर्न समन्वय संयन्त्रको बैठक « Khabarhub

 एमाले महाधिवेशन तयारी गर्न समन्वय संयन्त्रको बैठक


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनको तयारी तीव्र पारिएको छ । महाधिवेशन आउन सात दिन मात्र बाँकी छँदा तयारीलाई तीव्र पारिएको हो । 

पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा शुक्रबार महाधिवेशन तयारीका लागि केन्द्रीय जनसङ्गठन समन्वय संयन्त्रको बैठक सम्पन्न भएको छ ।

बैठकमा संयन्त्रका संयोजक भानुभक्त ढकालले हालसम्मको काम र बाँकी तयारीबारे ‘ब्रिफिङ’ गरे । उनले आसन्न दोस्रो विधान महाधिवेशनलाई लक्षित गर्दै जनसङ्गठनहरूको सक्रिय भूमिका सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

बैठकमा महाधिवेशनलाई सफल बनाउन सङ्गठनात्मक तयारी, प्रचारप्रसार, मिडिया सेन्टर स्थापना, स्वयंसेवक व्यवस्थापन, सबै जनसङ्गठनहरूको व्यापक सहभागिताका विषयमा छलफल गरिएको संयोजक ढकालले जानकारी दिए । 

उनले विधान महाधिवेशन एमालेको नीति र सङ्गठनात्मक यात्रामा महत्त्वपूर्ण मोड भएको भन्दै सबै जनसङ्गठनका प्रतिनिधिहरूलाई सक्रिय रहन आग्रह गरे । 

बैठकमा एमालेका सबै जनसङ्गठनका अध्यक्ष र इञ्चार्जको सहभागिता थियो । 

विधान महाधिवेशन आगामी भदौ २० देखि २२ सम्म ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य !’ भन्ने मूल नारासहित ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुँदैछ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ५ : १८ बजे

चिनियाँ राष्ट्रपतिले राखे सीपीसीको उच्चस्तरीय बैठक, नेपालमा राहत पठाउने निर्णय

बेइजिङ- नेपालसँग सीमा जोडिएको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रको केरुङ काउन्टीमा

टोखा नगरले एक करोड २० लाख प्रदान गर्ने

काठमाडौं– टोखा नगरपालिकाले भोटेकोशी बाढी प्रभावितको सहायतार्थ एक करोड २०

पहिरोपछि बनेको अस्थायी ताल फुट्यो, प्रहरीले भन्यो : उद्धार रोकेर सुरक्षित स्थानमा जानू

काठमाडौं- नेपाल–चीन सीमा क्षेत्रमा पहिरोपछि बनेको अस्थायी ताल फुटेपछि चीनले

हाइड्रोको सुरुङमा फसेकालाई यसरी निकाल्यो सेनाले

काठमाडौं– रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन– रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव