प्रभु साहको गुनासो- काठमाडौँ महानगरले कवाड व्यवसायीमाथि ज्यादती गर्दा सरकार रमिते बन्यो « Khabarhub

प्रभु साहको गुनासो- काठमाडौँ महानगरले कवाड व्यवसायीमाथि ज्यादती गर्दा सरकार रमिते बन्यो


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले कवाड व्यवसायी, उखु किसान र शिक्षक एक सातादेखि आन्दोलनरत हुँदा पनि सरकारले वास्ता नगरेको भन्दै आक्रोश पोखेका छन् ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा बोल्दै साहले यी आन्दोलनप्रति सरकारको कुनै गम्भीरता नदेखिएको भन्दै आलोचना गरेका हुन् ।

‘कवाड व्यवसायी, उखु किसान झण्डै एक सातादेखि आन्दोलनमा छन् । तर, सरकारलाई दुख्दैन, सरकारलाई छोएको छैन’, उनले भने, ‘सरकार बेखबरजस्तो छ । म सोध्न चाहन्छु–के सरकारको संवेदना मरेकै हो ? के अदालतको आदेश पालना हुन्छ कि हुँदैन ?’

उनले अदालतले स्टे अर्डर दिएर कवाड व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ भने पनि काठमाडौँ महानगरपालिकाले अवज्ञा गर्दै व्यवसायीहरुमाथि कुटपिट र आक्रामण गरिरहेको बताए । कवाड व्यवसायीहरूमाथि भएको ज्यादती र डोजर आतंक गर्नेमाथि कानून लाग्नुपर्छ कि पर्दैन भनेर साहले प्रश्न गरे ।

‘यो सरकारले शान्ति, सुरक्षा गर्न सक्छ कि सक्दैन भनेर म सोध्न चाहन्छु । यत्रो पीडितहरुले शान्ति, सुरक्षा, क्षतिपूर्ति र अपराधीहरुलाई कारबाहीको माग गरेर आन्दोलन गर्दापनि, अदालतको आदेशको सम्मानको खातिर आन्दोलित बन्दा सरकार यसरी गैरजिम्मेवार बन्न मिल्दैन । मेरो आग्रह छ कि सरकार जिम्मेवार बनोस । आम नागरिकको सुरक्षाको ग्यारेन्टी गर्नु सरकारको हो,’ साहले भने ।

कवाडहरूले काठमाडौँलाई नै स्मार्ट सिटी बनाउन भूमिका खेलेको तर्क उनले गरे । काम नलाग्ने चिजहरुलाई कवाड व्यवसायीले निकालेर उद्योगमा पुर्‍याइदिएर काठमाडौँलाई सफा बनाउने काम गरेको साहको तर्क छ ।

उनले कवाड व्यावसायीहरूलाई देशभित्र र देशबाहिरको भनेर रंगभेदी कुरा गरिएकोमा पनि आपत्ति जनाए । उनले कवाड व्यवसायीले आफ्नो पुँजी, जवानी र सिंगो जीवन लगाएको भन्दै उनीहरूमाथिको निषेध आफूलाई स्वीकार्य नभएको चेतावनी दिए ।

काठमाठौँ महानगरपालिकाले ज्यादती गरेको भन्दै कवाड व्यवसायीलेले पाँच दिनदेखि आन्दोलन गर्दैआएका छन् । सर्वोच्च अदालतको आदेश पालना गर्नुपर्ने र कवाड व्यवसायीलाई शान्तिपूर्ण रुपमा व्यवसाय गर्न दिनुपर्ने माग गर्दै कवाड व्यवसायी आन्दोलित छन् ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ६ : ३४ बजे

राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक

काठमाडौं- धवल शमशेर जबरा नयाँ पार्टी खोल्न गएयता राष्ट्रिय प्रजातन्त्र

ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ?

काठमाडौं– शनिबार हुन लागेका खेलहरूले उत्तर अमेरिकामा जारी विश्वकप अन्तर्त

चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउन सक्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय

केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट शैक्षिक संस्था र व्यक्तित्वलाई सम्मान

काठमाडौं- केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स