प्रभु साहको गुनासो- काठमाडौँ महानगरले कवाड व्यवसायीमाथि ज्यादती गर्दा सरकार रमिते बन्यो « Khabarhub

प्रभु साहको गुनासो- काठमाडौँ महानगरले कवाड व्यवसायीमाथि ज्यादती गर्दा सरकार रमिते बन्यो


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले कवाड व्यवसायी, उखु किसान र शिक्षक एक सातादेखि आन्दोलनरत हुँदा पनि सरकारले वास्ता नगरेको भन्दै आक्रोश पोखेका छन् ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा बोल्दै साहले यी आन्दोलनप्रति सरकारको कुनै गम्भीरता नदेखिएको भन्दै आलोचना गरेका हुन् ।

‘कवाड व्यवसायी, उखु किसान झण्डै एक सातादेखि आन्दोलनमा छन् । तर, सरकारलाई दुख्दैन, सरकारलाई छोएको छैन’, उनले भने, ‘सरकार बेखबरजस्तो छ । म सोध्न चाहन्छु–के सरकारको संवेदना मरेकै हो ? के अदालतको आदेश पालना हुन्छ कि हुँदैन ?’

उनले अदालतले स्टे अर्डर दिएर कवाड व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ भने पनि काठमाडौँ महानगरपालिकाले अवज्ञा गर्दै व्यवसायीहरुमाथि कुटपिट र आक्रामण गरिरहेको बताए । कवाड व्यवसायीहरूमाथि भएको ज्यादती र डोजर आतंक गर्नेमाथि कानून लाग्नुपर्छ कि पर्दैन भनेर साहले प्रश्न गरे ।

‘यो सरकारले शान्ति, सुरक्षा गर्न सक्छ कि सक्दैन भनेर म सोध्न चाहन्छु । यत्रो पीडितहरुले शान्ति, सुरक्षा, क्षतिपूर्ति र अपराधीहरुलाई कारबाहीको माग गरेर आन्दोलन गर्दापनि, अदालतको आदेशको सम्मानको खातिर आन्दोलित बन्दा सरकार यसरी गैरजिम्मेवार बन्न मिल्दैन । मेरो आग्रह छ कि सरकार जिम्मेवार बनोस । आम नागरिकको सुरक्षाको ग्यारेन्टी गर्नु सरकारको हो,’ साहले भने ।

कवाडहरूले काठमाडौँलाई नै स्मार्ट सिटी बनाउन भूमिका खेलेको तर्क उनले गरे । काम नलाग्ने चिजहरुलाई कवाड व्यवसायीले निकालेर उद्योगमा पुर्‍याइदिएर काठमाडौँलाई सफा बनाउने काम गरेको साहको तर्क छ ।

उनले कवाड व्यावसायीहरूलाई देशभित्र र देशबाहिरको भनेर रंगभेदी कुरा गरिएकोमा पनि आपत्ति जनाए । उनले कवाड व्यवसायीले आफ्नो पुँजी, जवानी र सिंगो जीवन लगाएको भन्दै उनीहरूमाथिको निषेध आफूलाई स्वीकार्य नभएको चेतावनी दिए ।

काठमाठौँ महानगरपालिकाले ज्यादती गरेको भन्दै कवाड व्यवसायीलेले पाँच दिनदेखि आन्दोलन गर्दैआएका छन् । सर्वोच्च अदालतको आदेश पालना गर्नुपर्ने र कवाड व्यवसायीलाई शान्तिपूर्ण रुपमा व्यवसाय गर्न दिनुपर्ने माग गर्दै कवाड व्यवसायी आन्दोलित छन् ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ६ : ३४ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने