एमालेको दोस्रो विधान महाधिवेशन नजिकिँदै, तयारी तीव्र पारिने « Khabarhub

एमालेको दोस्रो विधान महाधिवेशन नजिकिँदै, तयारी तीव्र पारिने


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) को ऐतिहासिक दोस्रो विधान महाधिवेशनको तयारीस्वरूप शुक्रबार केन्द्रीय जनसंगठन समन्वय संयन्त्रको बैठक बसेको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न बैठकमा संयन्त्रका संयोजक भानुभक्त ढकालले अहिलेसम्मको काम र बाँकी तयारीबारे ब्रिफिङ गरे ।

उनले भदौ २०-२२ को दोस्रो विधान महाधिवेशनलाई लक्षित गर्दै जनसंगठनहरूको सक्रिय भूमिका सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

बैठकमा महाधिवेशनलाई सफल बनाउन संगठनात्मक तयारी, प्रचार–प्रसार, मिडिया सेण्टर स्थापना, स्वयम् सेवक व्यबस्थापन, सबै जनसंगठनहरूको व्यापक सहभागिताका विषयमा विस्तृत छलफल गरिएको संयोजक ढकालले बताए ।

ढकालले पार्टीको विधान महाधिवेशन एमालेको नीति र संगठनात्मक यात्रामा महत्वपूर्ण मोड भएको भन्दै सबै जनसंगठनका प्रतिनिधिहरूलाई सक्रिय र जिम्मेवार भूमिकामा रहन आह्वान गरे । बैठकमा जनसंगठनका इञ्चार्ज र अध्यक्षहरू सहभागी थिए ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ६ : ४३ बजे

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी