वीरगञ्ज जाँदै पूर्वराष्ट्रपति, नेतृत्वको दबाबबीच स्वागतमा जुटे एमाले पोलिटब्युरो सदस्य पौडेलसहितका नेता « Khabarhub

वीरगञ्ज जाँदै पूर्वराष्ट्रपति, नेतृत्वको दबाबबीच स्वागतमा जुटे एमाले पोलिटब्युरो सदस्य पौडेलसहितका नेता


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शनिबार वीरगञ्ज जाने भएकी छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले भण्डारीको स्वागतमा कुनै पनि कार्यकर्तालाई नजान भनिरहेका बेला पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलसहितले त्यसको प्रतिवाद गरेका छन् ।

पूर्व खेलुकद मन्त्रीसमेत रहेका पौडेलले शनिबार बिहान पौने ९ बजे पूर्वराष्ट्रपति भण्डारीको स्वागतका लागि सिमरा विमानस्थलमा जम्मा हुन एमाले नेता-कार्यकर्तालाई आह्वान गरेका छन् ।

ओली पक्षले भण्डारीको कार्यक्रममा कार्यकर्तालाई रोक्न थालेका बेला पौडेल र केन्द्रीय सदस्य अरविन्द सिंहलगायत नेताहरू स्वागतमा जुटेका छन्।

बारा निवासी पूर्व खेलकुदमन्त्री समेत रहेका पौडेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत भण्डारीलाई ‘गणतन्त्रको गौरव’ भन्दै सम्मान र स्वागत गर्न आग्रह गरेका हुन्।

‘विद्यादेवी भण्डारीले एमालेको केन्द्रीय नेतृत्वमा रहँदा, दुई पटक उपाध्यक्ष हुँदा वा राष्ट्रपतिको रूपमा समेत अत्यन्तै गरिमामय ढंगले जिम्मेवारी वहन गर्नुभयो’, उनलेभ भनेका छन्, ‘नेपालको समावेशिता र महिला सहभागिताको लागि उहाँको योगदान ऐतिहासिक छ।’

भण्डारी शनिबार वीरगञ्जमा हुने महिला उद्यमी सम्मान कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। पौडेलले शनिबार बिहान ८:४५ बजे सिमरा विमानस्थलमै पुगेर उनको स्वागत गर्न आग्रह गरेका छन्।

पार्टीभित्र भने भण्डारीको स्वागतबारे मतभेद देखिएको छ। अध्यक्ष ओली पक्षका नेताहरू कार्यकर्तालाई कार्यक्रममा नजान दबाब दिइरहेका छन्।

एमाले विभाजनपछि पार्टीमा प्रवेश गरेकी माओवादी पृष्ठभूमिकी ज्वाला साह र अच्युत मैनालीलाई मधेसमा ओलीको रणनीति लागू गर्ने जिम्मेवारी दिइएको छ।

यी नेताहरूले कार्यकर्तालाई ‘गएको थाहा पाए कारबाहीमा पर्छौ’ भन्दै चेतावनी दिइरहेका छन् । कतिपय नेताहरूले पूर्वराष्ट्रपति भइसकेकी व्यक्तिलाई स्वागत नगरी बस्न नमिल्ने अडानसहित एमाले नेतृत्वको प्रतिवाद गरेका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ७ : ५२ बजे

प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा

काठमाडौं- निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री वालेन्द्र शाह

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर